हेल्प नेपाल र पुलिस च्याम्पियन

काठमाडाैं | असार ३०, २०८०

हेल्प नेपाल र पुलिस च्याम्पियन

काठमाडौं:    टिप टप हेल्प नेपाल र नेपाल पुलिस क्लबले सातौँ एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् (राखेप) कभर्डहल कोर्टमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा पुलिस च्याम्पियन बनेको हो । 


पुरुषको फाइनलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । हेल्प नेपालले २५–१९, ११–२५, २५–१८, २५–१८ को नजिता निकाल्न सफल भयो । उपाधिसँगै हेल्प नेपालले ६ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले तीन लाख रुपियाँमा चित्त बुझायो । तेस्रो भएको आर्मीले एक लाख ५० हजार र चौथो भएको एपिएफले ७५ हजार रुपियाँ पुरस्कार पायो ।


पुरुषतर्फ विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबसँगै, साबिक विजेता आर्मी, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप र दावाँली मिलन क्लब काठमाडौं गरी सात टोलीको सहभागिता रहेको थियो । 


यसैगरी महिलातर्फ पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो । पुलिसले २५–१२, २१–२५, २५–२३, २५–१९ को नतिजा निकालेको थियो । उपाधिसँगै पुलिसले ६ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता एपिएफले तीन लाख, तेस्रो भएको न्यू डायमन्डले एक लाख ५० हजार र चौथो भएको त्रिभुवन आर्मीले ७५ हजार रुपियाँ पुरस्कार पायो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिलातर्फ पुलिसकी पुनम चन्द र पुरुषतर्फ हेल्प नेपालका अईमल खान घोषित हुनुभयो । सर्वोत्कृष्ट दुवैलाई जनही ३५ हजार रुपियाँ प्रदान गरियो ।


यस्तै नेपाल पुलिसकी शान्तिकला तामाङ्ग उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाईकर, रुपेश बिष्ट उत्कृष्ट प्रशिक्षक र सुमित्रा रेग्मी उदिमान खेलाडी घोषित हुनुभयो । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित हुनुभयो । 


पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाईकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदियमान खेलाडीमा पुलिसका रविन चन्द चुनिनुभयो । विधागततर्फका उत्कृष्ट सबैले जनही १५ हजार र उदियमान खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 


लिगमा महिलातर्फ नेपाल पुलिस क्लब, होङ्गवाङ्गजी न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब  बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीले भाग लिएका थिए ।

काठमाडौं:    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्र...

थप पढ्नुहोस्

काठमाडौं:    भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपुर्ण गाउँपालिका–७ लान्द्रुकमा मंसिर २२ देखि २४ गतेसम्म लान्द्रुक हनि हन्टिङ महोत्सव सुरु हुने भएको छ ।  लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले आज पोखरामा पत्रकार सम्मे...

थप पढ्नुहोस्