म्याग्दी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

म्याग्दी | असार २८, २०८०

म्याग्दी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

म्याग्दी:    हिमाली जिल्ला म्याग्दीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ म्याग्दीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।


जिल्लाका छ वटै स्थानीय तहका ४५ वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र सबै बालबालिकाले पूर्णरुपमा खोप प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 


हाल जिल्लामा भएका १५ महिना पूरा भई ५९ मुनिका बालबालिकाहरुको सर्वे गर्दा समेत सबैले खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई सुनिश्चित जिल्ला घोषणा गरिएको हो। “म्याग्दी जिल्लालाई पहिलो पटक २०७१ चैत १५ गते सालमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । अहिले स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पनि सुनिश्चितताको दिगोपन घोषणा गरिएको हो,” उहाँले भन्नुभयो ।


नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोगविरुद्ध तथा गर्भवती महिलाका लागि टिटी खोप लगाउने गरेको जनाइएको छ ।


म्याग्दीमा बेनी अस्पताल, एक सय १७ खोप केन्द्र, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ३९ वटा स्वास्थ्यचौकी, २७ वटा सामुदायिक स्वास्थ्य एकाइ, चार वटा सहरी स्वास्थ्य केन्द्र, तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका छन् ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्