स्कुटर दुर्घटनामा परी बाबुको मृत्यु, छोरी घाइते
भक्तपुर | असार १७, २०८०
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
शनिबार राति ९ बजे सूर्यविनायक नगरपालिका - ७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका(६ पाण्डुबजारका ४५ वर्षीय कृष्णकुमार त्वाती गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि डा। इवामुरा अस्पतालमा लगिएको थियो।
त्यहाँ उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको डिएसपी पाठकले बताए।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

