भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै किसानले धान रोप्न पाएनन्
काठमाडाैं | असार १७, २०८०
काठमाण्डौ: भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै किसानले धान रोप्न पाएका छैनन् ।
असारको पहिलो हप्ता नै रोपाइँ गर्नुपर्नेमा भारतले नहरमा पानी नछाडिदिँदा रोपाइँ गर्न नपाएको किसानको गुनासो छ ।
गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिँचाइका सूचना अधिकारी एवम् इन्जिनियर सुरेशप्रसाद साहले भारतीय पक्षले मर्मतको बहाना गरेर पानी नछाडेको बताउनुभयो ।
गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ गते र धानबालीको लागि असार १५ गते ८ सय ५० क्युसेक पानी भारतीय पक्षले नेपाललाई दिनु्पर्छ । अहिले भारतले जम्मा दुई सय क्युसेक पानी छाडेको र यसले धेरै किसानको खेतमा पानी नपुग्ने साहले बताउनुभयो ।
गण्डक नहरको पानीले पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गामा सिँचाइ गर्ने योजना थियो तर हरेक वर्ष भारतले कुनै न कुनै बहाना गरेर पानी छाड्न आनाकानी गर्दै आएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख मनोरञ्जनकुमार सिंहले नेपालतर्फ आफूहरुले मर्मतको सबै काम सके पनि भारतले भने अझै मर्मतको काम सकिएन भन्नु अचम्मको कुरा भएको उल्लेख गर्नुभयो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

