पोखरा आएर अर्थमन्त्री महतले भने –‘गठबन्धन फेरिन्छ भन्ने भ्रम हो’

पाेखरा | असार १६, २०८०

पोखरा आएर अर्थमन्त्री महतले भने –‘गठबन्धन फेरिन्छ भन्ने भ्रम हो’

पोखरा:    नेपाल सरकार अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको गठबन्धन फेनिन्छ भन्ने हल्ला मात्र भएको बताएका छन् । 

 

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले अहिलेको गठबन्धन नफेरिने स्पष्ट पारेका हुन् ।

 

उनले बाहिर आएको हल्ला अफवाह मात्र भएको बताए ।

‘एउटा निश्चित लक्ष्यका साथ देशमा सुशासन कायम गर्ने, देशको आर्थिक वृद्धि गराउने, अर्थतन्त्रलाई चलायनमान गराउने, देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने गरी गठबन्धन तयार भएको छ’, अर्थमन्त्री महतले भने, ‘अहिले जुन गठबन्धन भएर सरकार बनेको छ, यसमा अर्को गठबन्धन बनाउने भन्ने विषयमा कुनै सत्यता छैन । त्यो अफवाह मात्रै हो ।’

 

उनले गठबन्धन फेरिन्छ भन्ने भ्रमको पक्षमा नलाग्न समेत सुझाव दिए । 

 

अर्थमन्त्री महतले अब नेपाली कांग्रेसकोे भातृसंगठनलाई चलायनमानसँगै पूर्णता दिने बताए । ‘नेपाली कांग्रेसको भातृसंगठनहरु चलायमान भएन भन्ने छ, तरुणदलले पूर्णता पाउँदै छ, तरुणसँगै महिला संघ, नेविसंघ लगायत अन्य भातृसंगठन अब चलायनमान हुन्छ,’ अर्थमन्त्री महतले भने । 

 

नेपाली कांग्रेसले वडा तहदेखि नै निर्वाचनबाट पार्टी संरचना तयार भएकाले चाँडै नै सुभेच्छुक संस्था जस्तै भातृसंगठनलाई चलायन बनाउन पूर्णता दिने प्रष्ट पारे । 

 

अर्थमन्त्री महतले अहिलेको बजेट नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याएको धारण राखे । ‘नेपालको आर्थिक विकासका लागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्दछ’, महतले भने, ‘उत्पादनमा वृद्धिसँगै नेपालको अर्थतन्त्र बलियो बनाउन नीजि क्षेत्रसँगको सम्बन्ध जहिले राम्रो हुनुपर्दछ ।’

 

उनले प्रचारमुखी विकास भन्दा जनतामुखी विकासलाई नेपाली कांग्रेसले प्राथमिकतामा राखेको सुनाए । ‘अहिले सानो काम गरे भन्दै सामाजिक सञ्चालमा भिडियो आउँछ, काम सानो गरेपनि ठुलो पहाड जत्रो काम गरेको भन्दै भिडियो आउँछ’, महतले भने, ‘अहिले प्रचारमुखी काम भन्दा जनमुखी कामलाई हामीले प्राथमिकतामा राखेका छौं ।’


 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्