पोखरामा शनिबार मुवाथाईको क्लबस्तरीय च्याम्पियनसीप हुने
पाेखरा | असार १४, २०८०
पोखरा: नेपाल पहिलो पटक मुवाथार्ई खेलको डोजो क्लबस्तरीय च्याम्पियनसीप पोखरामा असार १६गते आयोजना हुने भएको छ ।
मुवाथाई खेलको विकास एवं प्रवर्द्धन तथा व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था स्ट्रोङ्गेष्ट मुवाथाई नेपालले जनाएको हो । उक्त प्रतियोगिता यहि असार १६ गते शनिबार पोखरा रंगशालास्थित बक्सिङ प्रशिक्षण केन्द्रमा आयोजना गरिने स्ट्रोङ्गेष्ट मुवाथाईका डाइरेक्टर रुपक नेपालीले जनाएका छन् ।
प्रतियोगितामा कूल ३० जना खेलाडीहरुको सहभागिता रहने छ जस मध्ये २ जना काठमाडौं र ५ जना स्याङजा जिल्लाबाट सहभागिता हुने डाइरेक्टर नेपालीले जनाए । प्रतियोगितामा कुल ३० प्रतिस्पर्धा (फाइट) हुने छ । विजेता खेलाडीहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता नेपाल राष्ट्रिय मुवाँथाई र नेपाल मुवाथाई अर्गनाइजेशनको विशेष सहयोगमा हुने नेपाल मुवाथाई अर्गनाइजेशनका अध्यक्ष खगेन्द्र क्षेत्रीले जनाएका छन् । “यो प्रतियोगिताले नेपालमा मुवाथाई खेलको विकास एवं प्रवर्द्धनका लागि ठूलो सहयोग पुग्नेछ” अध्यक्ष क्षेत्रीले भने–“यसले मुवाथाइको ‘फाइट कल्चर’ स्थापित गर्न समेत उत्तिकै महत्वपूर्ण भूमिका खेल्नेछ ।”
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

