चिनियाँ जहाजबाट पोखरा को–को आए ? (फोटो फिचर)
पाेखरा | असार ६, २०८०
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा उद्घाटन भएको करिब ६ महिनापछि चीनको छिन्दूबाट आएको सिचुवान एयरलाइन्सको जहाजले पोखरामा सफल अवतरण गरेको छ ।
नेपालबाट व्यावसायिक रुपमा उडान भर्दै आएको सिचुवान एयरलाइन्सको जहाजले पहिलो पटक चीनको छिन्दूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल चार्टड उडानसँगै अवतरण गरेको हो ।
फेवातालमा असार ८ र ९ गते हुने ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन आएका खेलाडी र पर्यटकसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको टोली चीनको छिन्दूबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँगै ७ जनाको टोली जेठ २७ गते चीन भ्रमणमा गएका थिए ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुन लागेको ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन चीनको छिन्दुबाट सिचुवान एयरलाइन्स न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु लिएर पोखरा आएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ९ बजेर ६ मिनेटमा सफल अवतरण गरेको जहाज काठमाडौं फर्केको छ । जहाजले काठमाडौंबाट पुनः व्यावसायिक उडान भर्ने जनाइएको छ ।
पोखरामा असार ८ र ९ गते ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन चीनको लिङ्जी नगरबाट प्रमुखको नेतृत्वमा ८४ जनाको टोली आज पोखरा आएको छ ।

चीनको लिङजी नगर प्रमुखको नेतृत्वमा १९ जना, चिनियाँ कलाकार २० र ४५ जना ड्रयागन बोट रेसका खेलाडी रहेको पर्यटन व्यवसायी रविन्द्रराज पौडेलले जानकारी दिए ।
असार ८ र ९ गते फेवातालमा हुने प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फत रेस हुनेछ ।
तस्बिर: सुशान्त गाहा मगर/सुनगाभा न्यूज














तनहुँ: तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चाल...
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो ...
पोखरा: पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वित...

