करण केसीलाई चौथो सफलता

काठमाडाैं | असार ५, २०८०

करण केसीलाई चौथो सफलता तस्बिर फाइल

काठमाडौं:     आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध चौथो सफलता पाएको छ ।  जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ९.२ ओभरमा १८-४ को दयनीय अवस्थामा पुगेको छ ।


करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए ।


कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए ।


करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको हो । करण केसीले ४.३ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका छन् ।

पोखरा:    सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम लमजुङको वेशीसहरमा गुञ्जिएको छ ।   पोखराको अपार सफलतापछि देशव्यापी ...

थप पढ्नुहोस्

पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।   आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ...

थप पढ्नुहोस्

पोखरा:   १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज (बुधबार) सकिदैछ ।   समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।    ...

थप पढ्नुहोस्