खेलकुदको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यकः मन्त्री लिम्बु
काठमाडाैं | असार ३, २०८०
पोखरा: युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको साझेदारी आवश्यक रहेको बताएका छन् ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लिम्बुले सरकारले खेलकुुद क्षेत्रको विकासको लागि निजि क्षेत्रलाई समेत समेटेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।
‘सरकारले मात्र सबैथोक गर्न सक्दैन, निजी क्षेत्रलाई पनि खेलकुद क्षेत्रसँग जोड्न आवश्यक छ, नभए हामी मात्र अगाडि बढ्न सक्दैनौं’, मन्त्री लिम्बुले भने, ‘यो क्षेत्रमा खेलकुद र खेलाडीलाई सहयोग गर्ने थुुप्रै सहयोगी मनहरु छन् सबैलाई मिलाएर अगाडि बढ्न सके खेलकुुदमा चाँडै फड्को मार्न सकिन्छ ।’
उनले खेलकुदका विभिन्न संघका पदाधिकारीबीच नै आन्तरिक प्रतिस्पर्धाले खेलकुदको विकासमा असर गरेको बताए ।
‘खेलकुद क्षेत्र खेलकुदकै पदाधिकारीको आन्तरिक प्रतिस्पर्धाका कारण विकास हुन सकेको छैन, यसलाई मिलाउने प्रयासमा नै छौं’, मन्त्री लिम्बुले भने, ‘अहिलेको बजेटमा सरकारले खेलकुद मन्त्रालयलाई प्राथमिकता दिएन, अब खेलकुद मन्त्रालयलाई कसरी सरकारको प्राथमिकतामा राख्न सकिन्छ त्यसरी नै अगाडि बढ्दै छौं ।’
राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच आन्तरिक विवादले खेलकुद क्षेत्रको विकास हुन नसकेको मन्त्री लिम्बुको भनाई छ ।
‘राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच आन्तरिक विवाद देखिएको छ, मैले खेलकुद क्षेत्रको विकासका लागि सबैलाई मिलेर आउन आग्रह गरेको छु , विवाद चाँडै मिलाउँछौं ।’ उनले भने ।
पोखरा: पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार म...
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने निर्णय गरेको छ । एमाले प्रतिनिधि सभा पुनस्र्थापनाका निम्ति सर्वोच्च अदालत जाने निर्णयमा पुगेको हो । मङ्ग...
पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल ९यूटीटी०ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले ह...

