पानी उमालेर मात्र पिउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडाैं | जेठ ३२, २०८०

पानी उमालेर मात्र पिउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं:   सरकारले वर्षयामा देखिने स्वास्थ्य समस्याबाट बच्न पानी उमालेर मात्र पिउन आग्रह गरेको छ। 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै नेपालमा मनसुन भित्रिएसँगै विभिन्न स्थानमा दिनहुँ जसो वर्ष भइरहेको र वर्षासँगै झाडापखाला, हैजा, डेंगुको जोखिम रहने हुँदा यस्तो स्वास्थ्य समस्याबाट बच्न आग्रह गरेको हो। 


झाडापखाला, हैजाबाट बच्न मन्त्रालयले सधैँ पानी उमाले वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।


त्यस्तै बासी सडेगलेका खानेकुरा नखाने, खानालाई छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाइलाई विशेष ध्यान पुर्‍याउन मन्त्रालयले अनुरोध गरेको छ। 


मन्त्रालयले खुला रूपमा दिसा पिसाब नगर्ने, चर्पी अनिवार्य प्रयोग गर्ने र दिसा पिसाब गइसिकेपछि साबुन पानीले मिचामिची हात धोएर सुरक्षित रहन आग्रह गरेको छ। 


साथै एडीज जातका लामखुट्टेको (कालो सेतो छिर्केमिर्के देखिने) टोकाइबाट सर्ने डेंगु रोगबाट बच्न आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिन सुझाव दिएको छ। 


घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौँ, जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने। पुरै शरीर ढाक्ने लुगा लगाउन मन्त्रालयले अनुरोध गरेको छ। 


मन्त्रालयले खाद्यान्न तथा खानेपानी वितरण सम्पूर्ण सरोकारवाला निकाय तथा व्यवसायीलाई सचेत रहन आग्रह गरेको छ।  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्