बोराभित्र मृत भेटिएकी महिलाको सनाखत
तनहुँ | जेठ ३१, २०८०
तनहुँ: तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।
मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।”
अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले बताउनुभयो । बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन् । उक्त बाटो हिडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...
नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घट...

