प्रदेश सरकारलाई सांसद पाठकले सोधे: फेवातालको क्षेत्रफल कति हो ?

पाेखरा | जेठ २५, २०८०

प्रदेश सरकारलाई सांसद पाठकले सोधे: फेवातालको क्षेत्रफल कति हो ?

पोखरा:  गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समर्थन गर्न नसकिने भन्दै फेवातालको क्षेत्रफल कति हो ? भनेर प्रश्न गरेका छन् । 


गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफलकाक्रममा सरकारले पर्यटन क्षेत्रको प्रर्वद्धन विकास गर्ने कुरा उल्लेख गरेको भन्दै फेवातालको क्षेत्रफल सोधेका हुन् । 


उनले फेवातालको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाको यकिन गर्न चुनौती समेत पेश गरेका छन् ।


‘फेवातालको जग्गा अतिक्रमण गरेर गरेर बनाइएका घर टहरा कति छन्, अतिक्रमण गरेर कति संरचना बनाइए प्रदेश सरकारले यकिन गरोस्’ उनले भने, ‘अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सकोस्, क्षेत्रफल कायम गर्न सकोस् ।’


सांसद पाठकले भने, ‘फेवाताललाई वास्तविक क्षेत्रफलमा फर्काउन सके प्रदेशवासी र पोखरावासीले सरकारको पक्षमा दिपावली मनाउनेछन् ।’


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्