८४ वर्षे रामकहानी: एकादशी मेला जाँदा भए लाहुरे, सोल्टिनीलाई जंगलबाट घर भित्र्याए
कृषि क्रान्तिमा खेमलाल
स्याङ्जा | जेठ २४, २०८०
‘लाहुरेको रेलिमाई फेशनै राम्रो,
रातो रुमाल रेलिमाई, खुकुरी भिरेको...’
मास्टर मित्रसेन थापाको गीतबाट प्रभावित भई ‘लाहुरे’ बन्ने सपना पालेका पहाडी युवाहरुको जमातमा खेमलाल गुरुङ पनि थिए । छुट्टीमा पल्टनबाट गाउँ फर्केकाहरुको मान र शानले लोभिएपछि उनै खेमलालको सपना र गन्तव्य बन्यो ‘लाहुरे’ ।
गाउँमा प्राय सबै लाहुरे हुने तयारीमा हुन्थे । र, उनीहरुको पर्खाई हुन्थ्यो ‘गल्ला’को आगमन । यस्तैमा अर्काे चलन थियो, एकादशीको मेला भर्ने । जहाँ गल्लावाल आउँथे । यसैबीच एकादशी मेला भर्न हिँडेका गाउँले सोल्टी–सोल्टीनीहरुको हुलमा मिसिए खेमलाल ।
उनको भाग्य भनौं, एकादशीको मेलामा आएका एक गल्लावालको नजरमा परेका १७ जनामध्ये एक थिए १७ वर्षे खेमलाल ।
‘गाउँ–गाउँमा गल्लाहरु भर्ती हुने केटा खोज्दै हिँड्थे’ खेमलालले अतीत सुनाए ‘स्याङजाको लाम्छाक बजारमा मेला भर्न जाँदा गल्लाको नजर म माथि प¥यो ।’ छनोटमा परेका १७ जनालाई गल्लाले ‘मंसीर १३ गते स्याङजा पुतलीखेत आउनु’ भनेर हिँडेछन् ।
वि.स. १९९६ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ भारकोटमा जन्मिएका खेमलाल २०१३ सालमा १७ वर्षको उमेरमा नै भारतीय सेनामा भर्ती भए । लाहुर हिँडेका खेलमलाल २३ वर्षपछि गाउँमै रिटायर्ड जीवन बाँचिरहेका छन् ।
‘गाउँका ३ जना लाहुर हुन सकेनन्’ खेमलालले सम्झँदै भने ‘मैले बोकेको ५० मध्ये २५ रुपैयाँ र कपडा उनीहरुको हातमा घरै फिर्ता पठाइदिए ।’
लाहुरे भएको ६ वर्षपछि खेमलाल छुट्टीमा गाउँ फर्किए । सोल्टी सोल्टीनीबीच बिहे गर्ने परम्परा भएकाले उनले पनि सोल्टीनीलाई श्रीमती बनाएका रहेछन् । ‘सोल्टीनी घास दाउरा गर्न जंगल गएकी रहिछन्, उतैबाट भगाएर घर भित्र्याए’ उनी केही रसिक सुनिए ।
तुरुन्तै उनी केही भावुक पनि भए । भावुकताको कारण थियो श्रीमतीको मृत्यु । केही वर्ष पहिले श्रीमतीको मृत्यु भएको र हाल दोस्रो बिहे गरेको उनले सुनाए ।
पहिलो श्रीमतीबाट उनका ४ छोरा र ३ छोरी छन् । ‘दुइटा छोराले इन्डियन आर्मीबाटै पेन्सन पकाइसके’ खेमलाल भन्छन् ‘कोही पोखरातिर छन्, छोरी कोही यूके छ, कोही यतै छन् ।’ श्रीमतीसँग गाउँमै बस्दै आएको बताउँदै छोराहरु सबै पोखरातिरै रहेको र चाडवाडमा भेटघाट हुने गरेको उनले बताए ।
कृषि क्रान्तिमा खेमलाल
भारतीय सेनाबाट अवकाश पाएपछि प्रायः पोखरालाई कर्मथलो बनाउँछन् । तर खेमलालको योजना गाउँमै ‘केही’ गर्ने रहेको छ ।
उमेरले ८४ वर्ष पुगेका खेमलालले केही वर्ष यता गाउँमै केरा र सुन्तला खेती सुरु गरिरहेका छन् । सेनामा हुँदा उनले कृषिको तालिम लिएको र सोही सिकाइले सुन्तला र केरा खेतीतर्फ लागेको उनले सुनाए ।
घर नजिकैको पुर्खौली जग्गामा ०५६ देखि उनले सुन्तला खेती सुरु गरेका रहेछन् । ‘खेती किसानी गर्न बुढ्यौली भन्दा पनि सिँचाई ठूलो समस्या भयो’ अनुभव सुनाउँदै उनले भने ‘कति बोट त मरिसके, बाँकी र नयाँ बिरुवा राम्रै छन् ।’ नयाँ बिरुवामा फल लागे नाती–नातीनीले हेर्लान् भन्ने उनको आशा छ ।
‘गाउँमा खानेपानीको सुविधा छैन, सिँचाई नहुँदा सोचेजस्तो सफलता हुन सकेको छैन’ गुरुङको दुखेसो छ ।
दुई वर्षयता असिनाले क्षति पु¥याउँदा सोचे जस्तो उत्पादन हुन नसकेको उनले सुनाए । यद्यपि, केरा खेतीबाट भने मासिक आम्दानी भइरेकोमा उनी प्रसन्न देखिए ।
गुरुङ भन्छन्, ‘परम्परागत कृषिसँगै आधुनिक कृषि प्रणालीलाई भित्राउन सके मात्र हाम्रो आर्थिक अवस्था राम्रो हुन्छ, अरुको नोकरी कति दिन गर्ने ?’
देशले प्राविधिक शिक्षामा जोड नदिँदा नेपाली विद्यार्थीमा अल्छीपना बढेको बताउँदै उनले विद्यालयमा पढ्ने गरेको शिक्षाले दीगो विकासमा कुनै योगदान नगरेको तीतो पोखे ।
कृषिमै जीवन बिताउने सङकल्प लिएको छु हातखुट्टा चल्दासम्म गाउँमै बसेर कृषि खेती गर्ने खेमलालले बताए ।
‘उमेरले ८४ पुगेको छु, हातखुट्टा चल्दासम्म कृषि खेतीमै जीवन बिताउने सङकल्प लिएको छु’, उनले भने, ‘धान फल्ने खेत बन्धकीमा दिएको छु, छोराहरु शहरतिर छन् हातखुट्टा चल्दासम्म आफै गरेर खान्छु चल्न छोडे पोखरा लैजालान् ।’
उमेर बुढ्यौलीतिर ढकेलिएकाले अहिले भैसी पाल्न छोडेको उनले बताए । ‘पहिले झै रुखमा चड्न सकिदैन जेठ २ गतेबाट भैसी पाल्न छोडे, खर्कको घाँस मल दिने शर्तमा छिमेकीलाई दिए, घाँसको दुःख थिएन रुखमा चड्न सकिएन त्यही भएर भैसी पाल्न सकिन,’ उनले भने ।
पछिल्लो समय शहर भासिने संस्कारलाई उनले सकरात्मक पक्ष मान्दैनन् । ‘अहिलेका युवाहरु शहरमुखी भए, उनीहरु गाउँ कमै मात्र फर्किएलान, गाउँ फर्किन शहरको सुःख छोडेर गाउँमा दुःख गर्न पर्छ त्यो अब गर्न सक्दैनन्,’ गुरुङले भने,
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहर...
प्रकाश सिलवाल: महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा तथ्यको ज्ञान होइन, सही शिक्षा चाहिन्छ ।” पक्कै पनि लोकतन्त्रलाई बलियो बनाउने अजेय शक्ति नाग...
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा...