भौतिक संरचनामा सबैको पहुँच कहिले पुग्छ ?

पाेखरा | जेठ १७, २०८०

भौतिक संरचनामा सबैको पहुँच कहिले पुग्छ ?

पोखरा:    कृष्ण गौतम पोलियो रोगका कारण दुई वर्षको उमेरमा नै शारीरिक अपाङ्गता भए । उनी ह्विल चियरको सहायताले मात्र हिडडुल गर्छन् । 


गौतमको पोलियो रोगको कारण दुवै खुट्टा नचल्दा ह्विल चियर उनको सारथी हो । ह्विल चियरको सहयोगमा उनलाई शहरको विभिन्न स्थानमा जान समस्या पर्दै आएको छ । शहरहरुमा बनेको भौतिक संरचना अपाङ्गता मैत्री नबन्दा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न समस्या रहेको उनले गुनासो गरे । 


पोखरामा (मंगलबार) अपाङ्गता स्वाबलम्वन संघ (डिडा) नेपालले आयोजना गरेको सेवा, संरचना र प्रणालीमा सबैको लागि पहुँचयुक्त अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका महासचिव कृष्ण गौतमले शहरका भौतिक संरचना अपाङ्गता मैत्री बन्न नसकेको बताएका हुन् । 


शहरमा निर्माण भएका भौतिक संरचना सडक, आकाशे पुल, भवन लगायतका संरचना अपाङ्गता मैत्री बन्न नसकेको गौतमले गुनासो गरे । 


‘सरकारको प्राथमिकतामा सडक नै परेको छ तर सडक अपाङ्गता मैत्री बन्न नसक्दा शारीरिक अपाङ्गता मात्र नभएर अन्य जेष्ठ नागरिक, बालबालिकाहरुलाई समेत असर परेको छ, उनले भने, ‘सडक बन्दा फुटपाथ अनिवार्य हुनुपर्छ, फुटपाथमा कुनकुन संरचना बन्नुपर्छ भन्ने विषयमा सरकारले ध्यान पु¥याउन सकेको छैन ।’


उनले अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक संरचना र सञ्चार सेवा निर्देशिका २०६९ कार्यान्वयन नहुँदा समस्या देखिएको बताए । 


‘अपाङ्गता भएका व्यक्तिहरुको लागि विश्वव्यापी पहुँचयुक्त संरचनामा पुग्नु, प्रवेश गर्नु, घुमफिर गर्नु र प्रयोग गर्नु, मुख्य बिन्दु हुन्, तर यो शहर तथा कुनै पनि सरकारी कार्यालयमा कार्यान्वयन भएको देखिदैन ।’ उनले भने । 


गौतमले सडक निर्माण गर्दा सडक पेटी नै दृष्टि बिहिन तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि धरापमा भएको बताए । 


‘सडक निर्माण गर्दा सडक पेटी अनिवार्य हो, दृष्टिविहिनका लागि ट्याकटायल र ब्रेल ब्लक राखिएको छ, तर अपाङ्गता मैत्री वातावरणमा निर्माण हुन सकेको छैन्, उनले भने , ‘सडक पेटीमा अपाङ्गता मैत्री वातावरणमा ट्याकटायल, ब्रेक ब्लक अनिवार्य राख्नुपर्छ ।’


अभिमुखिकरण कार्यक्रममा सडक, आकाशे पुलमा ट्याकटायल राख्दा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि दिशानिर्देश गर्न सजिलो हुने, ट्राफिक लाइट राख्दा ध्वनी सहितको राख्नुपर्ने, बसस्टप स्थलमा ह्विलचियर प्रतिक्षा गर्न स्थान छुट्याउनुपर्ने,सडक पेटीमा बस चढ्न र झर्न स्ट्रप विहिन बसमा ¥याप राख्नुपर्ने वक्ताहरुले जोड दिएका छन् । 


गण्डकी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले भौतिक संरचनामा सबै नागरिकको समान पहुँच पु¥याउनका लागि नीति तथा कार्यक्रममा जोड दिने बताए । 


‘कतिपय विषयमा अनविज्ञ हुन सकिन्छ, सेवा, संरचना प्रणालीमा सबैका लागि पहुँचुयुक्त बनाउन अबको नीति तथा कार्यक्रममा जोड दिन्छु, सांसद सुवेदीले भने, ‘सबै नागरिकहरुलाई समान पहुँच पु¥याउनका लागि प्रदेश सरकारमा सधै आवाज उठाउछु ।’


उनले शारीरिक अपाङ्गता भएका नागरिक र सपाङ्ग नागरिकका लागि भौतिक संरचनामा समान पहुँच आवश्यक भएको समेत बताएका थिए । 


अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा)का महासचिव विष्णु खनालले सरकारकै सेवा, प्रणाली र संरचना अपाङ्गमैत्री नबनेको भन्दै कटाक्ष गरे । उनले भने,‘सडकमा स्पीड ब्रेकर राखिन्छ तर हामी अपाङ्गता भएकालाई त्यसले कस्तो असर पुगेको छ भन्ने महानगरलाई के थाहा रु सडक बिग्रिएर बनेको खाल्डोमा हामी नै जाकिन्छौं । हामी हिंड्ने सडक पेटीमा विद्युतको पोल, नर्सरी बनाउने नाममा राखिएका गमलाले हामीमाथि सरकारी अत्याचार प्रष्ट हुन्छ ।’


अभिभावक सरला अधिकारीले सेवा, प्रणाली र संरचना बौद्धिक अपाङ्गताहरुका लागिपनि पहुँचयुक्त हुनुपर्ने बताए । ‘जस्तै शौचालय कहाँ छ ? कसरी प्रयोग गर्ने ? किन प्रयोग गर्नेसम्मपनि उनीहरुलाई थाहा हुँदैन । त्यस्ताका लागि पहुँचयुक्त हुने वातावरण बनाउनुपर्छ’–उनले भने ।


गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद भट्टराईले योजना निर्माणदेखि डिपीआरहुँदै डिजाईन बनाउँदा नै अपाङ्गमैत्री बनाईनुपर्ने बताए । उनले भने,‘डिजाईन र डिपीआरमा नसमेटिने अनि बनिसकेपछि भएन भनेर विरोध हुन्छ । त्यतिबेला ढिलो भइसकेको हुन्छ ।’ उनले अहिले भइरहेको संरचनामा डिजाईन गर्दा नै थोरै सच्याउन सकेमात्र पनि अपाङ्गमैत्री संरचना निर्माण र सेवा दिन सकिने बताए ।


राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख खिमलाल सुवेदीले सबैको मर्यादा र अधिकार बराबरी हुने भएकाले अपाङ्गता भएकाहरुलेपनि पहुँच राख्ने सेवा, प्रणाली र सेवा दिनु सबैको दायित्व भएको बताए । मानव अधिकार सबैका लागि हो,उनले भने,‘तर व्यवहारमा पाईंदैन । त्यो सेवा, प्रणाली र संरचना सबैमा ।’ उनले संरचना, सेवा र प्रणाली मानव अधिकार विकास पद्धती अनुरुप हुनुपर्नेमा जोड दिए ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्