नेपाली नागरिकता त्यागेर समुन्द्रपार बसाई हिँड्नेको ताँतीमा १३ पोखरेली
कास्की | जेठ ९, २०८०

पोखरा: अघिल्लो आर्थिक वर्षदेखि हालसम्म १३ जना कास्कीवासीले नेपाली नागरिकता त्यागेका छन् ।
उनीहरुले नागरिकता त्यागेसँगै देश छाडेर बाहिरिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार देश त्यागेर उनीहरुमध्ये केही यूरोपियन देश त केही एशियाली मुलुक पसेका छन् ।
तथ्यांकअनुसार घान्द्रुक, र पोखराका ८ जना बेलायत पुगेका छन् । त्यस्तै, २ जनाले अष्ट्रेलियाको नागरिकता लिएका छन् ।
दुई जनाले यूरोपको फिनल्याण्ड र लाट्भीयाको नागरिकता लिएका छन् । त्यस्तै एकजना हंगकंग पुगेको प्रशासकीय अधिकृत राजेन्द्र शर्माले जनाएका छन् ।
नागरिकता त्यागेकामध्ये बेलायत र हंगकंगमा सपरिवार गएका छने भने अन्य एकल छन् । अधिकृत शर्माका अनुसार केही वर्ष पहिल्यैदेखि यूरोपको नागरिकता लिन चाहनेहरुले नागरिकता त्याग्न दिएको निवेदन प्रक्रियामा थियो ।
बेलायत र हंगकंग जानेहरु त्यहाँको सेनामा रहेको पृष्ठभूमि छ । नागरिकता त्याग्ने अन्यको बसोबास विदेशमै लामो समय रहेको र उनीहरु त्यहीको नागरिक हुन योग्य भएको प्रमाण पेश गरेपछि प्रक्रिया अघि बढेको शर्माले जनाए ।
नेपाली नागरिकता त्याग्नेमा पोखरा वडा नम्बर १, ५, ८ र १६ का रहेका छन् ।
‘आगामी दिनमा देशको नागरिकता त्यागेर विदेश बसाई हिँड्नेको ताँती बढ्ने सम्भावना अधिक छ’ शर्मा भन्छन् ‘अमेरिकन डिभी र अन्य देशमा लामो समय बसेपछि प्रायः नेपाल फर्कन नचाहने देखिएको छ ।’
त्यस्तै, ५ जनाको नेपाली नागरिकता रद्द गरिएको छ । कुनैपनि व्यक्तिको दोहोरो नागरिकता भएको हकमा प्रयोजनअनुसार पहिलो वा दोस्रो नागरिकता त्याग गर्न सकिने कानूनी प्रावधान रहेको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...