मुख्यमन्त्री सम्मेलन स्थगित, प्रचण्ड नआउने

पाेखरा | जेठ ९, २०८०

मुख्यमन्त्री सम्मेलन स्थगित, प्रचण्ड नआउने

पोखरा:  गण्डकी प्रदेश सरकारको आयोजनामा भोलि (बुधबार) हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ ।

 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरी सापकोटाले सूचना जारी गर्दै कार्यक्रम स्थगित भएको जानकारी दिए ।

 

प्रकाशित सूचनामा भनिएको छ, ‘गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालायको आयोजनामा प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले २०८० जेठ १० गते पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको व्यहोरा जानकारीका लागि अुनरोध छ ।’

 

पूर्वघोषित कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिवहरुको सहभागिता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने बताइएको थियो ।
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्