बेलायतमा हुने गोर्खा कपको तयारी पूरा, पहिलोपटक नेपालबाट सहभागिता जनाउदै ‘पोखरा–११’

पाेखरा | जेठ ९, २०८०

बेलायतमा हुने गोर्खा कपको तयारी पूरा, पहिलोपटक नेपालबाट सहभागिता जनाउदै ‘पोखरा–११’ Photo: Gurkha Media

बेलायत:   आगामी मे २८ तारिखमा हुने २१ औं गोर्खा कपको तयारी पूरा भएको छ ।

 

'द तमु नेप्लिज कम्यूनिटी सेन्टर' मिचिटमा आइतबार आयोजिन पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।

 

आयोजक संस्था तमु धि यूकेका अध्यक्ष हरि गुरुङले सम्पूर्ण तयारी पूरा भएको बताउदै पहिलोपटक नेपालबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि ‘पोखरा–११’ बेलायतको यात्रामा रहेको जानकारी दिए ।

 

 

उनका अनुसार क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा हुने प्रतियोगितामा खुलातर्फ ३२ टिम,  भेट्रानतर्फ १० टिम र महिलातर्फ २ टिमको सहभागिता रहने छ ।

 

नेपालबाट बेलायत पुगेको ‘पोखरा –११’ ले भेट्रानतर्फ प्रतिस्पर्धा गर्नेछ । यस्तो सो प्रतियोगितामा वेल्स र नेदरल्यान्डबाट पनि भाग लिने अध्यक्ष गुरुङले बताए ।   उनका अनुसार खुला प्रतियोगिताको च्याम्पियन टिमले २ हजार ५ सय पाउन्ड, उपविजेताले १ हजार ५ सय पाउन्डसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

 

यस्तै भेट्रानतर्फ विजेताले १ हजार २ सय पाउन्ड, दोस्रो हुनेले ८ सय पाउन्डसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । महिलातर्फ भने प्रथमलाई ५ सय पाउन्ड र द्वित्तिय हुने टिमलाई ३ सय पाउन्ड प्रदान गरिनेछ ।
प्रतियोगितामा फुटबलसँगै विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक नृत्य, कलाहरु प्रस्तुत हुनेछन् ।

 

सो प्रतियोगितामा ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने बताइएको छ । यस्तै नेपालबाट महानायक राजेश हमाल र गायक धिरज राईको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

(गोर्खा मिडियाको सहयोगमा)
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्