बेलायतमा हुने गोर्खा कपको तयारी पूरा, पहिलोपटक नेपालबाट सहभागिता जनाउदै ‘पोखरा–११’
पाेखरा | जेठ ९, २०८०

बेलायत: आगामी मे २८ तारिखमा हुने २१ औं गोर्खा कपको तयारी पूरा भएको छ ।
'द तमु नेप्लिज कम्यूनिटी सेन्टर' मिचिटमा आइतबार आयोजिन पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।
आयोजक संस्था तमु धि यूकेका अध्यक्ष हरि गुरुङले सम्पूर्ण तयारी पूरा भएको बताउदै पहिलोपटक नेपालबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि ‘पोखरा–११’ बेलायतको यात्रामा रहेको जानकारी दिए ।
उनका अनुसार क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा हुने प्रतियोगितामा खुलातर्फ ३२ टिम, भेट्रानतर्फ १० टिम र महिलातर्फ २ टिमको सहभागिता रहने छ ।
नेपालबाट बेलायत पुगेको ‘पोखरा –११’ ले भेट्रानतर्फ प्रतिस्पर्धा गर्नेछ । यस्तो सो प्रतियोगितामा वेल्स र नेदरल्यान्डबाट पनि भाग लिने अध्यक्ष गुरुङले बताए । उनका अनुसार खुला प्रतियोगिताको च्याम्पियन टिमले २ हजार ५ सय पाउन्ड, उपविजेताले १ हजार ५ सय पाउन्डसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै भेट्रानतर्फ विजेताले १ हजार २ सय पाउन्ड, दोस्रो हुनेले ८ सय पाउन्डसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । महिलातर्फ भने प्रथमलाई ५ सय पाउन्ड र द्वित्तिय हुने टिमलाई ३ सय पाउन्ड प्रदान गरिनेछ ।
प्रतियोगितामा फुटबलसँगै विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक नृत्य, कलाहरु प्रस्तुत हुनेछन् ।
सो प्रतियोगितामा ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने बताइएको छ । यस्तै नेपालबाट महानायक राजेश हमाल र गायक धिरज राईको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।
(गोर्खा मिडियाको सहयोगमा)
गण्डकीः कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे(कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ । मादमे खोला जलविद्युत् आयोजनाको रु ३० लाखको सहयोग एवं मादी गाउँ...
काठमाडौं: सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसा...
लमजुङ: चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उत...