‘अर्कालाई हिलो छ्यापेर म सफा हुन्छु भन्ने भ्रम नपालौं’:  रुपा प्रमुख ओझा

पाेखरा | जेठ ३१, २०७९

‘अर्कालाई हिलो छ्यापेर म सफा हुन्छु भन्ने भ्रम नपालौं’:  रुपा प्रमुख ओझा

कास्की:  स्थानीय निर्वाचनमा दास्रोपटक गाउँपालिका प्रमुखमा बाजी मार्ने जनप्रतिनिधिमध्ये कास्कीको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा पनि एक हुन् । दोस्रोपटक गाउँपालिका प्रमुखकारुपमा अत्यधिक मतले विजयी हाँसिल गरेपछि पहिलो कार्यकालबाट​ त्रूटिरहित कार्यसम्पादन गरेछन् भन्ने सन्देश मिलेकाे छ ।  

 

गाउँपालिका प्रमुखकारुपमा दोहोरिएका ओझासँग सुनगाभा न्यूजले ५ वर्ष पहिले र अहिलेको सेराेफेराेमा कुराकानी गरेको छ । प्रस्तुत छ सम्पादित अंशः

 

१.  दोस्रो पटक पनि जित्नुभयो, दोहोरिएपछिको यहाँको अनुभव कस्तो छ ?

पहिलोपटक निर्वाचित हुदाँखेरी धेरै कामहरु तल्लो तहबाटै गर्न बाँकी थिए अहिले धेरै कामहरु पुरा गरेका छौं । बाँकी रहेका केही काम र नयाँ काम गर्नका निमित्त आउँदा बढी जिम्मेवारी थपिएको र जनताप्रति बढी उत्तरदायी हुनुपर्ने छ । जितसँगै उत्साह पनि थपिएको छ साथै जिम्मेवारी पनि थपिएको छ ।

 

२.  तपाई दोहोरिनु पछाडी कारण के थियो त्यस्तो, जस्ले यहाँलाई फेरि जित दिलायो?

मैले पहिला भन्दा डबल मतले जिते, अरु गाउँपालिकाको हकमा उहाँरुको काम गर्ने शैली, जनतासँग जोडिने कुरा, सुशासनका कुरा, विकास निर्माणका कुरा त्यो बारे मैले सबै विश्लेषण चाँही गरेको छैन । तर मेरो र गाउँपालिकाको हकमा चाँही जनताको सुख र दुखमा साथ दिने काम गरेका छौं पहिला भन्दा धेरै परिवर्तन गर्न सकेका छौं ।  

 

जनतासँग टच भएका छौं यसैगरि हाम्रो सबैभन्दा बलियो पाटो भनेको सुशासनको पाटो र पारदर्शिता हो जसले गर्दा जनताले हामीलाई विश्वास गर्नुभो र अत्याधिक मतकासाथ जिताउनुभो ।

 

३.  रुपा बासीका लागि सम्झनालायक काम के के गर्नु भयो ?

हामी निर्वाचित हुदाँ १ घर १ धारा जम्मा १ सय २ घरमा मात्रै थियो । त्यसपछि ९५ प्रतिशत घरमा १ घर १ धारा पुर्यायौं । अब ५ प्रतिशत मात्रै बाँकी छ । त्यो के कारणले हो भन्नुहुन्छ भने प्रदेश र संघको त्यहाँ १६ वटा योजना थिए ।  त्यसमध्ये हामीले १२ वटा योजना गरिदियौं ४ वटा योजना तपाइहरु पुरा गर्नुसनत भनेका थियौं । अह भएन ।

 

हामीले संघ र प्रदेशको योजना पनि गरिदियौं र बाँकी रहेको अन्य ५६ वटा योजनापनि गाउँपालिकाले पुरा गर्याै । तर ४ वटा योजना पुरा गर्न ८ वर्ष भयौ अझैसम्म पुरा भएको छैन । हामी आउनभन्दा ३ वर्ष पहिले सुरु भएको योजना थियो । त्यसैले संघ र प्रदेशको कार्यान्वयनको पाटो कस्तो रहेछ भन्ने त यहीबाटै प्रष्ट हुन्छनी । स्थानीय तहले गर्याे भने सकिन्छ । किनभने जनताको नजिकको सरकार हो । यसले जनताको समस्या बुझेको छनी त । 

 

यसैगरि गाउँपालिका भित्रका मुख्य सडकहरु पिच गर्न सकेका छौं  ।  वडा कार्यालयहरुलाई जोडनेगरि पिच भएका छन् । त्यो बेला १ किलोमिटरपनि पिच थिएन अहिले ८५ किलोमिटर पिच छ ।  मोटरेवल पुलका सन्दर्भमा ६ वटा हामीले सम्पनन गयौं । कृषिमा सुरुमा जम्मा ८ वटा फर्म दर्ता थिए अहिले ६ सय ५० भन्दा माथी छन् ।

 

कोभिडको बेलापनि देशभरिमै नमुनायोग्य कामहरु गर्याैं । गाउँपालिकामै क्वारेन्टाइन राख्नेदेखि हरेक घरमा स्वास्थ्यकर्मी पठाउने काम गर्याैं । अहिलेपनि १५ शैयाको ४ वटा डाक्टरसहित अस्पतालमा सेवा दिइराछौं । त्यही कारणले गर्दा अहिलेपनि जनताले खुला दिलकासाथ अत्याधिक बहुमतले जिताउनुभो । 

 

४.  अघिल्लो कार्यकालमा बाँकी भएका काम, जो यसपटक गर्दै हुनुहुन्छ ति के के हुन् ?

यतिबेला जनतालाई ठुलो कुरा दिनेभन्दापनि बाँकी रहेका कामहरु दिएर जनतालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हो । जस्तै तालवेशीदेखि ठुलोवेशीको बाटो बाँकी छ । अहिले टेण्डर भएको छ त्यसलाई व्यवस्थित गर्ने काम, थुम्की शिवचण्डी बाटो त्यसपछि देउराली हुदैं चिसापानी जाने बाटोहरुलाई व्यवस्थित गर्दै जाने, त्यसैगरि खाल्टेखोला लगायतमा पुल बनाउँनुपर्नेछ ।

 

यसैगरि बाँकी रहेको ५ प्रतिशत खानेपानीको व्यवस्थापन गर्नु छ ।  अब हामीले जनता गाउँमै अडिने वातावरण बनाउँनुपर्छ । हामीले गाउँपालिका भित्रका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भनेर पहिलो निर्णय गरेका छौं । पहिला जनताको स्वास्थ्यको ख्याल गर्नपर्याे म गाउँमा बस्दापनि सुरक्षित छु भन्ने त बनाउँनुपर्याे नि । त्यसपछि शिक्षाको हकमा प्राविधिक शिक्षा सुरु गरेका छौं ।

 

अब त्यँही पढाउने र शैक्षिक गुणस्तर राम्रो बनाउने भनेर बौद्धिक व्यक्तित्वहरु लागिरहनुभएको छ । यसले युवाहरुलाई गाउँमै केही गर्न सहयोग पुग्नेछ ।

 

५.  रुपा गाउँपालिका आफैमा भ्यूपोइन्ट हो, भ्यूटावर बनाउने नाममा अनावश्यक खर्च गर्याे भन्ने आरोप छनी ?

हाम्रो गाउँपालिकाले पूर्ण लगानी गरेर एउटापनि भ्यूटावर बनाएको छैन । हाम्रोमा ३२ वटा डाँडाहरु छन् । त्यसमध्ये पहिल्यै एउटा थियो ।  अरु दुईवटा चाँही उहाँहरुसँग साझेदारी गरेर ५०÷५० प्रतिशत लागतमा गरेका छौं । त्यो ३२ वटा डाँडामध्ये कुनैमा संग्राहलय हुन्छ । कुनैमा पार्क हुन्छ । कुनैमा क्याम्पेनिङ स्पट हुन्छ । 

 

त्यसैगरि गुरुङ, मगर, नेवार, ठकुरी, ब्राहमण तथा दलित समुदायको संस्कार झल्कने गरि पार्क निर्माण गर्छाै । त्यसैगरि कुनैमा गुम्बा कुनैमा मन्दिर र कुनैमा मस्जिद बनाउन सकिन्छ । धार्मिक रुपमा पनि हबका (विश्वशान्ती उद्यम) रुपमा विकास गर्ने जस्लाई फुटट्रयाकमार्फत जोड्ने हाम्रो लक्ष्य रहेको छ । 

 

६.  अनि सडक विस्तारले मात्रै विकासको परिभाषा पुरा गर्ला त प्रमुख ज्यू ?

पूर्वाधार भएन भने गाउँमा विकास लान सकिन्न । किसानहरुले तरकारी र टमटर तथा दुध उत्पादन गर्ने अनि त्यहाँ एक हप्तासम्म गाडी गएन भने स्थिति के हुन्छ ? त्यसैले विकासको सुरु भनेकै सडक सञ्जाल नै हो ।

 

बाटोमात्रै होईन आधारभूत आवश्यकतामा पर्ने खानेपानी, बिजुली, शिक्षा तथा स्वास्थ्यसँग जोडिएका विषयहरुको पहुँच हुनुपर्छ । मलाई एउटा मात्रै देश देखाईदिनुस जहाँ पिच बाटो विना विकास भएको छ । त्यसैले सडक विकासको पुरक विषय हो । 

 

७.  तपाई अब जनताका प्रतिनिधी हुनुभयो तर कसैलाई काखा र कसैलाई पाखाको व्यवहार हुन्छ भन्ने आरोप छनी, के भन्नुहुन्छ अध्यक्ष ज्यू ?

यो सोच्नेले कुन कोणबाट सोच्यो भन्ने हो । सोच्नुपर्ने के हो भने, मैले कसैलाई काखा कसैलाई पाखा गरे भने त्यो ठाउँको विकास समान ढंगले हुनसक्छ? मैले त्यस्तो गरेको भए डबल कसरी आउथ्यो । मेरा मान्छेले एमालेका मान्छेले मात्रै मत दिएर डबल मत आयो होला ? रिजल्टले देखाउछनि हजुर ।

 

एकादले टिका टिप्पणी गर्ने कुरा राजनैतिक प्रतिसोध साँध्ने कुरा अलग कुरा होनी तर यो विषयमा म बोल्नै पर्दैननि मत परिणामले देखाईसक्यो नि । 

 

८.  अन्तिममा, चुनावी रौनकको समयमा एउटा अडियो सार्वजनिक भयो, जहाँ यहाँको नाम पनि उच्चारण गरिन्छ, सो विषयमा के भन्नुहुन्छ ?

मान्छेलाई जे मन लाग्यो त्यही बोल्दिने हुन्छ । हाम्रोमा अख्तियारले नहेर्या होर । मुद्धा परेका सबै क्लियर छन । यो मिडिया मार्फत क्लियर भन्न चाहान्छु । १ रुपैयां दुरुपयोग गरेका छैनौं । गर्दापनि गर्दैनौं कसैलाई शंका लाग्छ भने अहिले हैन सात पुस्तासम्म हेरे हुन्छ ।

 

त्यो कुरामा हामी क्लियर छौं । किनभने हामीले प्रत्येक तीन महिनामा सार्वजनिक सुनुवाई गर्छाैं । प्रत्येक कार्यपालिकाको बैठकमा बजेट सार्वजनिक गर्छाैं । कुनै पनि योजना सार्वजनिक सुनुवाई नगरिकन पास गर्दैनौं । प्रत्येक जनतालाई थाहा दिएर मात्रै काम गर्छाैं । 

 

एउटा मान्छेलाई के लाग्यो कसैसँग गुट उपगुटका कारण जोडेर गरेको व्यवहार एकदमै घटिया पारा हो यो । एकदम तुच्छ विचार हो । हामी त खुलमखुल्ला छौं । हामी खुला किताब हो  । जहाँ हेरेपनि हुन्छ । मेरो लगाई खवाई बसाई  त्यसकारण आफ्नो सम्पत्ति बेचेर राजनीति गर्या मान्छे हो हामी ।  अहिलेसम्म होइन पुस्तौ पुस्तासम्म हेर्न पाइन्छ । यो कुरा एकदम धुक्ककासाथ भन्छु । 

 

हामीले राजनीति गर्दा अरुलाई आक्षेप लगाएर होइन आफुसँग क्षमता के छ त्यसको प्रदर्शन गर्न सक्नुपर्छ । इमान्दारिता हुनुपर्याे । ‘अर्कालाई हिलो छ्यापेर म सफा हुन्छु भन्ने भ्रम हो त्यो नपालौं ।’ हामी जहिल्यै इमान्दारिताको पक्षमा उभिएर काम गर्छाैं ।’

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्