लेकाली सेकुवा रेष्टुरेण्टकाे ग्राण्ड ओपनिङमा सपुतको प्रस्तुती रहने
पाेखरा | जेठ ९, २०८०
पोखरा: पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ ।
होटल टास्कको तीनवटै आउटलेटबाट MRP (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ आगामी जेठको १३ गते शनिबार चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने होटल टास्कका सञ्चालक मीन गुरुङले जानकारी दिए ।
“सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने उद्घोषका साथ सञ्चालित लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारबाट गण्डकी प्रदेशकै एकमात्र न्युनतम खुद्रा मुल्य MRPमा गोर्खा बु्रअरीको उत्पादनका टुबोग, गोर्खा (प्रिमियम) र काल्सबर्ग बियरहरु सहित पोर्क ( कालो धराने बंगुरको परिकारहरु) मटन, चिकन र बफका परिकारहरु बिक्री गर्दै आइरहेको छ । खानाका परिकारहरु सहित स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।
कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला सेवामुलक व्यवसायमार्फत ग्राहकहरुलाई सर्वसुलभ मुल्यमा बियर र खानाका परिकारहरु पस्कदै आइरहेको समेत संचालक गुरुङले जानकारी दिए ।
शनिबार अपराह्न ४ बजेदेखि सुरु हुने ग्राण्ड ओपनिङ कार्यक्रममा बहुचर्चित गायक तथा मोडल प्रकाश सपुतसहित स्थानीय लोक ब्याण्डको समेत प्रस्तुती रहने छ । उक्त कार्यक्रममा प्रवेश शुल्क रु. १ हजारको टिकटको व्यवस्था गरिएको छ । उक्त टिकटमा एक क्यान वियर निःशुल्क उपलब्ध गराइने छ ।
गोर्खा ब्रुअरिको सहकार्य रहेको उक्त कार्यक्रमका सहभागी हुनका लागि पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपर मार्केट, लेकसाइडको कफी ब्रेक र डुंगा रेष्ट्रो एण्ड लाउन्ज बार, चिप्लेढुंगामा रहेको रुपाहिल दोहोरी सांझ,लेकाली चुलो घर र होटल टास्कको तीनवटै आउटलेटका फेसबुक पेज अनलाइनबाट समेत टिकट खरिद गर्न सकिने छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

