पुस्तक ‘म्याड लभर्स’ परिचर्चा कार्यक्रम सम्पन्न

पाेखरा | जेठ ७, २०८०

पुस्तक ‘म्याड लभर्स’ परिचर्चा कार्यक्रम सम्पन्न

पोखरा:  प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’ (प्रेमको शास्त्रिय सल्यक्रिया) को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । 

 

पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै शसक्त्त सृजनाको शुभकामना’ उनले भने ।

 

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा शसक्त्त विषय भएको बताए । ‘कृति आफैमा शसक्त्त विषय हो, यसले यर्थाथताको धरातल टेक्नै पर्छ, म्याड लर्भसले सृजनाको धर्म निभाएको छ’ उनले भने । यो पुस्तक पाठकको गहना बन्ने सदस्य सचिव श्रेष्ठको विश्वास थियो ।

 

पुस्तक माथि परिचर्चा प्राध्यापक सुन्दर मानन्धरले गरें ।  श्रष्टा रुद्र प्रसाद तिमिल्सिनाले पुस्तक लेख्दाका अनुभव सुनाए । आफू उत्तर आधुनिक जोगी भएको उनको भनाई थियो । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रकाश चन्द्र रेग्मीले गरेका थिए । 

 

आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसको आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा श्रष्टालाई सम्मान समेत गरिएको छ ।

पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

थप पढ्नुहोस्

पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

थप पढ्नुहोस्

पोखरा ।   ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा रामघाट च्याम्पियन बनेको छ ।   पोखरा २९ भण्ढारढिक खेलमैदानमा भएको फाइनल खेलमा मिक्की ...

थप पढ्नुहोस्