पोखरामा रक व्याण्ड अल्बाट्रोस आउँदै, रातकी रानी एल्बम लन्चिङ गर्ने
पाेखरा | जेठ ५, २०८०
पोखरा: युवाहरुमाँझ चर्चित रक व्याण्ड अल्बाट्रोस नयाँ एल्बम रिलिज सहित लाइभ प्रस्तुती लिएर पोखरा आउन लागेको छ ।
व्याण्डको नयाँ एल्बम रातकी रानी लन्चिङ गर्न पोखरा आउन लागेको हो । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा जेठ ५ गते साँझ लाइभ कन्सर्टमा सहभागी नयाँ एल्बम लन्चिङ गर्ने छ । अल्बाट्रोसका फर्कि फर्कि नहेर मलाई, तिमि अनि मेरो त्यही एउटा कुरा लगाएतका गीतहरु चर्चित छन् ।
सन् १९९८ मा स्थापना भएको यो व्याण्डले नेपाली सागितक जतमा एतिहासिक स्थान बनाएको छ । विश्वका विभिन्न ठुला सहरहरुमा अल्बाट्रोसले लाइभ कन्र्सट गरी सकेको छ । यो व्याण्डका गायक शिरिष दाली हुने भने सन्नि मानन्धर, अभय सिद्धि बज्राचार्य, किस्मत डी श्रेष्ठ व्याण्ड म्याम्बर रहेका छन् ।
मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्ट नचाउने छन् । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने छ ।
काठमाडौं: सुरक्षा परिषदको बैठकले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा पर...
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...

