बिचौलियाले गर्दा देशको अर्थतन्त्रमा असर पर्यो: उपमहासचिव ज्ञवाली
काठमाडाैं | जेठ ४, २०८०
पोखरा: नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा देशको अर्थतन्त्रमा असर परेको बताएका छन् ।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले आज यस्तो धारणा राखेका हुन् ।
उनले सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अर्थतन्त्रमा ठुलो असर देखिएको बताए ।‘मुलुकको अर्थतन्त्र संकटमो दिलमा छ, नेपालको इतिहासमा हिजो द्वन्दकाल, नाकाबन्दी, भुकम्पकाल र कोभिड महामारीमा पनि अर्थतन्त्रमा असर देखिएन, ज्ञवालीले भने, ‘राजस्व संकलनको लक्ष्य आधा मात्र उठेको छ, गठबन्धन सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अहिले अर्थतन्त्रमा समस्या देखिएको छ ।’
उनले केही हदसम्म अहिले कोभिड र रुस युक्रेनको युद्धको असर देखिएपनि गठबन्धन सरकारले सत्ता मोह राजनीति र बिचौलियाहरुलाई प्रयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको दोहोर्याए ।
‘
अहिले सरकारले गठबन्धनलाई सत्ताको साधनको टोकन मात्र बनायो, विकास निर्माणका काम ठप्प छन्, व्यवसायी हतोत्साहित भएका छन्,’ उनले भने, ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

