विल्शन र सायनालाई पहिलो पोखरा चाईल्ड स्टारको उपाधि
पाेखरा | जेठ १, २०८०
पोखरा: नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो पोखरा चाईल्ड स्टारको उपाधि विल्शन ठकुरी र सायना श्रेष्ठ जितेका छन् । विल्नशन शिशु निकेतनका विद्यार्थी हुन् भने सायना कुश्माकी हुन् ।
तीन हप्ताको विभिन्न तालिमपछि पोखराको उद्योग बाणिज्य संघको हलमा ग्राण्ड फाईनल भएको थियो । उक्त कार्यक्रममा १२ जनाको सहभागिता रहेको थियो ।
पोखरा चाईल्ड स्टार केटातर्फ फस्र्ट रनर अप कान्तिपुर एकेडेमीका प्रनिश सिंह भण्डारी, सेकेण्ड रनर अप लावि रेसिडेन्टलका प्रविश गुरुङ्ग, थर्ड रनर अप प्राञ्जल पोखरेल, फोर्थ रनर अप मदरल्ययाण्डका श्रीयान पोखरेल हुन सफल भए ।
छात्रातर्फ फष्ट रनर अपमा हिमाञ्चल बार्डिङकी स्वस्तिका शर्मा, सेकेण्ड रनर अपमा मदरल्याण्डकी अदिती पौडेल, थर्ड रनर अपमा कुमुदिनी होम्सकी सरगम क्षेत्री र फोर्थ रनर अप मदरल्याण्डकी आरोही आचार्य भए ।
मोस्ट ईन्टलएक्चुल अवार्ड गण्डकी बोर्डिङ स्कुलकी आलिया सिटौला र मिस एन्जल टाईटलको उपाधि कुमुदिनी होम्सकी अल्जिना सिटौलाले हात पारेका थिए । वेस्ट फादर अवार्डद्धारा निमेस सिटौला सम्मानित भए ।
उक्त कार्यक्रममा क्राउन र अवार्ड, मिस पोखरा २०१८ विजेता सारा बजिमय, समाजसेवि माया गुरुङ्ग, साहित्यकार चन्दावती वाग्ले, फेसन डिजानर एवम मोडल रोशनी छिनाल, सञ्चारकर्र्मी आर्जु बिष्ट सल्यानी र प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले प्रदान गरेका थिए । पोखरा चाईल्ड स्टारको कोरियोग्रफर रक्षा कुँवर रहेकी थिइन् ।
गण्डकी प्रदेश तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले । प्रतियोगिताले पोखराका बालबालिकामा रहेको प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर हुन आवश्यक भएको बताए ।
यसअघि कार्यक्रममा सहभागिहरुलाई सार्थक अधिकारीले गरेका थिए । शूभकामना मन्तव्य गीता पाण्डे, शारदा रेग्मी, सफल देवकोटाले दिएका थिए भने कार्यक्रमको निर्देशकमा कमलराज खनाल रहेका थिए ।
कार्यक्रमको मुख्य प्रयोजक इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम निर्देशक रोशन गुरुङ्ग र सञ्चारकर्मी देवेन्द्र शाहीले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

