म्याद सकिएपछि पनि सडक नबन्दा मेयरसँग स्थानीय आक्रोशित

पाेखरा | जेठ १, २०८०

म्याद सकिएपछि पनि सडक नबन्दा मेयरसँग स्थानीय आक्रोशित

पोखरा:   ‘सुन्दर नगरी पोखरा’ हिजो आज पोखराका स्थानीय जनप्रनितिधि र नेताहरुले कुनै औपचारिक कार्यक्रममा प्रयोग गर्ने ‘नारा’ हो यो । 


माथिको नाराजस्तै पोखरा महानगरपालिका १६ दीपको मध्यमा सुन्दरफिड चोक नै छ । तीनतिरको सडकलाई छुट्याउने उक्त चोक नाम जस्तै सुन्दर भने छैन । 


पोखरा–दीप–लामाचौर सडक खण्डमा पर्ने सुन्दरफीड चोक–गोरखा बोर्डिङसम्म ३ सय ७० मिटर सडक ठेकेदारले अलपत्र छोडेपछि उक्त चोकलाई सुन्दरफीड चोक नामले चिनाउन नै स्थानीय लज्जित छन् । 


ठेकेदारले निर्माण सम्झौता अनुसार नै काम गरेको भए एक वर्ष अगाडि नै कालोपत्रे हुनुपर्ने सडक सम्झौता सकिएको एक वर्षपछि धुलाम्य अवस्थामा छ । 


०७८ असार  १३ गते टेण्डरमार्फत पोखराको विभिन्न स्थानमा कालोपत्रे गर्ने योजनासहित ७ करोड ४० लाख ८९ हजार ९ रुपैयाँ ४२ पैसामा ठेक्कासम्झौता गरेको शिवशक्ति इन्फ्रा हेटौडाले काम अलपत्र छोड्दा सडक अलपत्र बनेको हो । 

 


निर्माण सम्झौता अनुसार कम्पनीले ०७९ असार १५ भित्र नै उक्त सडक खण्ड निर्माण गर्नुपर्ने भएपनि कम्पनीले काम नगर्दा सडक डिभिजन कार्यालय कास्कीले पेश्कीस्वरुप दिएको दुई किस्ताको ६५ लाख १२ हजार रुपैयाँ समेत फिर्ता लिएको छ । 


सडक डिभिजन कार्यालय कास्कीका ईन्जिनियर सुभद्रा महर्जनका अनुसार शिवशक्ति इन्फ्रा हेटौडाले पोखराको विभिन्न स्थानमा सडक कालोपत्रे गर्ने गरी योजना सम्झौता गरेको जानकारी दिए । 


उनले भनिन्, ‘ठेकेदारले सरासर काम गर्ने हो भने, एक महिना  भित्र काम गर्न सक्छ तर अहिले पोखरा दीप–लामाचौर सडक खण्डमा ३७० मिटर सडकमा नाली बनाएको छ, अब कालोपत्रे गर्ने भनेर कम्पन्नीका प्रतिनिधिले काम गर्ने बताएको छ ।’


स्थानीय रामजी केसीले पोखरा दीप–लामाचौर सडक खण्ड ठेकेदारले एकवर्षदेखि अलपत्र छोड्दा धुलोका कारण कैदी झै झ्याल ढोका लगाएर आफ्नै घरमा बस्न बाध्य भएको बताए ।
‘सुन्दरफीड चोकबाट गण्डकी बोर्डिङसम्म ठेकेदारले अलिकति काम गरेको छ, जब घामसँगै सवारीको चाप बढ्छ धुलोको मात्रा बढेर जान्छ, केसीले भने, ‘पाकेको खाना धुलोका कारण राम्रोसँग खान पाइँदैन, कैदी झै झ्याल ढोका लगाएर घरभित्र बस्नुपर्छ ।’

 


उनले प्रदेश र स्थानीय तहको बजेट नभएर केन्द्रीय सरकारको बजेट भएकाले एकवर्ष देखि योजना अलपत्र हुँदा पनि स्थानीय सरकारले कुनै पहल नगरेको आरोप लगाए ।


‘स्थानीय, प्रदेश सरकार भन्छन् तर यत्रो पर्यटकस्थल जोड्ने सडकखण्डको योजना अलपत्र हुँदा काम अगाडि बढाउन स्थानीय सरकारले कुनै पहल गरेन’, उनले भने जनप्रतिनिधि र सडक डिभिजन कार्यालय कास्कीका कर्मचारीहरुलाई यही सडकको पोलमा बाँधेर एक घण्टा धुलो खुवाउने हो अनि सडक बन्छ कि ?’


पोखराको दीप–लामाचौरमा नै सवारी चलाउँदै आएका चालक राजकुमार परियारले सडक अलपत्र हुँदा धुलाम्य र हिलाम्य हुँदा वर्षेनी सास्ती खेप्दै आएको बताए । 

 


स्थानीयले सडक डिभिजन कार्यालयले सडकमा धुलो उड्न नदिन ट्याङ्कर मार्फत पानी हालेर राज्यको स्रोत साधनको दुरुपयोग गरेको आरोप लगाए ।


‘पोखरामा एक ट्याङ्कर पानीको २ हजार रुपैयाँ पर्छ । दिनमा २ पटक पानी सडकमा हाल्दा यसलाई हिसाब गर्दा महिनामा १ लाख २० हजार रुपैयाँको पानी धुलोसँग उडाएको छ, यसरी समस्याको समाधान हुँदैन, निर्माण कार्य छिटो पूरा गर्न सडक डिभिजनदेखि प्रशासन महिनौं गएका छौं’ स्थानीयवासी भन्छन् । 


सडक डिभिजन कार्यालय कास्कीका इन्जिनियर महर्जनलाई कार्यालयले पानी किनेर सडकमा हालेको हो ? भन्ने प्रश्नमा कार्यालयको ट्याङ्कर भएकाले पानी नकिनेको बताईन् । 


सडक निर्माणलाई तीब्रता दिन महानगरको ध्यानाकर्षण


पोखरा महानगरपालिका १६का दीपका स्थानीयले दुईवर्षदेखि निर्माण थालिएपनि सडक अलपत्र भएपछि स्थानीय सरकार पोखरा महानगरपालिका र प्रशासनमा पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ । 


आज (आईतबार) पोखरा–१६ दीप सुन्दरफीड चोकमा पोखरा महानगरपालिकाका मेयरलाई स्थानीयले पर्यटकीय स्थलको नै सडक अलपत्र हुँदापनि स्थानीय सरकार निरिह बनेको भन्दै आक्रोस पोखेका थिए । 
पोखराको सडकका योजना वर्षौदेखि अलपत्र हुँदापनि प्रदेशदेखि स्थानीय  सरकारले कुनै चासो नदिएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको हो । 
 

पोखरा:  न्यूरोडमा कस्मिक कम्प्युटिङ एकेडेमी सञ्चालनमा आएको छ ।   १० वर्ष बढी समयदेखि कम्प्युटर सम्बन्धित समाग्री खरीदविक्री र मर्मत गर्दै आइरहेको स्थापित ब्राण्ड कस्मिक कम्प्युटिङ सोलुसनले आफ्नो क्षेत्र ब...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकमा स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।  राष्ट्रबैंक चोकमा आज बिहान सहिदचोकबाट मुस्ताङचोकतर्फ जाँदै ...

थप पढ्नुहोस्

पोखरा:     यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन आयोजना गरेको खुल्ला रक्तदान का...

थप पढ्नुहोस्