आजदेखि बढ्यो ओपिडी शुल्क
काठमाडाैं | जेठ १, २०८०

काठमाडौं: नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो ।
सङ्घले चिकित्सकको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपीडी) शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो ।
महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क चार सय २० देखि नौ सय ४० रुपैयाँसम्म तोकिएको बताउनुभयो ।
नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस तथा बीडीएस तहका चिकित्सकको शुल्क चार सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको पाँच सय १५ रुपैयाँ परामर्श शुल्क तोकिएको छ ।
यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको पाँच सय ९० र त्योभन्दा बढी छ भने छ सय ७० रुपैयाँ तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकले सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले आठ सय रुपैयाँ परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ ।
डीएमरएमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए आठ सय ८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि नौ सय ४० रुपैयाँ परामर्श शुल्क तोकिएको छ ।
साथै एमडीरएमएसरएमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले ७ सय ५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा आठ सय र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा नौ सय ४० रुपैयाँ शुल्क तोकिएको छ ।
बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथम...
काठमाडौं: छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएक...
पोखरामा जारी नवौं पिएम कप एनभिए लिग भलिबल प्रतियोगितामा गण्डकी प्रदेश अपराजित रहदैं पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । डिफेण्डिङ च्याम्पियन टिपटप हेल्प नेपाललाई घरेलु मैदानमा प्रतिस्पर्धात्मक...