जुग्जालीमगर दोस्रो पटक मन्त्री बन्ने पक्का, पहिले पर्यटन अब भौतिक पूर्वाधार

पाेखरा | बैशाख २९, २०८०

जुग्जालीमगर दोस्रो पटक मन्त्री बन्ने पक्का, पहिले पर्यटन अब भौतिक पूर्वाधार

पोखरा:  नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन) दोस्रो पटक मन्त्री बन्ने पक्का भएको छ । 

 

एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने पक्का भएको हो ।

 

‘मन्त्री मण्डल बिस्तारको सवालमा सत्ता साझेदार दलहरुको सहमति भइसकेको छ, जुग्जाली मगरले सुनगाभा न्यूजसँग भने, 'कांग्रेसको आन्तरिक कुरा मिल्यो भने आजै सपथ हुन सक्छ ।’

 

उनका अनुसार नेकपा माओवादीबाट यसअघि विना विभागीय मन्त्री बनिसकेकी सुशीला सिम्खडाले सामाजिक विकास तथा स्वस्थ्य मन्त्रालयको जिम्मेवारी पाउनेछन् । 

 

बाँकी रहेको अन्य मन्त्रलायमध्ये केन्द्रीय दबाब आएको खण्डमा नेकपा एकीकृत समाजवादीका एक्ला सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) को भागमा पर्नेछ । यद्यपी अहिल्यै टुंगो भने लागेको छैन । 
 

मन्त्रिपरिषद् बिस्तारमा माओवादीको तर्फबाट दुइजनाको पक्का भइसकेपनि नेपाली कांग्रेसको तर्फबाट महेन्द्रध्वज जिसी मात्रै मन्त्री बन्ने टुंगो लागेको कांग्रेस निकट स्रोतको भनाई छ । ‘माओवादीको सबै टुंगो लागिसक्यो, स्रोतले भन्यो, ‘नेपाली कांग्रेसबाट आकांक्षी धेरै छन् त्यसकारण अहिलेसम्म एक जनाको मात्रै फिक्स भइसकेको छ । बाँकी छलफलकै चरणमा छ ।’

 

हालसम्म टुंगो लागेको मन्त्रालयमध्ये मुख्यमन्त्री तथा (आन्तरिक मामिला तथा कानून मन्त्रालय) मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा माओवादी केन्द्रका रेशम जुग्जाली मगर (सुविन), सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सोही पार्टीकै सुशीला सिम्खडाको टुंगो लागिसकेको छ । 

 

तर आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारीबारे भने टुंगो लागेको छैन । 
 

यसमध्ये नेकपा एकीकृत समाजवादी केन्द्रको दबाब आयो भने एक्ला सांसद राजीव गुरुङ माओवादी केन्द दोस्रो पटक मन्त्री बन्ने मौका आउनसक्छ । अन्यथा यी मन्त्रालय कांग्रेसकै भागमा रहने छ ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्