पाल्पा हाउसमा पूर्वखोलाका कृषि उपज
पाेखरा | बैशाख १७, २०८०

पोखरा: पोखराको न्यूरोडस्थित पाल्पा हाउसमा पूर्वखोला गाउँपालिकाका कृषि उपज तथा पशुजन्य उत्पादनहरु बिक्री वितरण हुने भएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका र समाज उत्थान सहयोगी संस्था देवीनगर पाल्पाको प्रतिनिधि मण्डलको आइतबार पाल्पा हाउसमा स्वागत तथा अन्तक्र्रियामा गाउँपालिकामा उत्पादित कृषि उपज तथा पशुजन्य उत्पादन पाल्पा हाउसमार्फत पोखरामा बिक्री वितरणका लागि सहमति जुटेको हो ।
सो कार्यका लागि पालिकाले आवश्यक बजेट व्यवस्था गर्ने, पाल्पा हाउस प्रालिमार्फत उचित मूल्यमा कृषि उपजको बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनेबारे दुवै पक्षबाट सहमति जुटेको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले बताए ।
कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई लगायत पालिकाका सबै वडा अध्यक्षहरु, वडा सदस्यहरु र समाज उत्थान सहयोगी संस्थाका अध्यक्ष मोहनबहादुर रखाल लगायतको सहभागिता थियो ।
कार्यक्रममा पाल्पा हाउसका संचालक तथा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियार, पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराई, समाज उत्थान सहयोगी संस्थाका अध्यक्ष मोहनबहादुर रखाल लगायतले मन्तव्य राखेका थिए ।
पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कम्पनीका संचालक तथा समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल र सञ्चालन हाउसका संचालक खेम सारुले गरेका थिए ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...