कास्कीको खोरामुखमा फुटबल प्रतियोगिता हुने
पाेखरा | बैशाख १७, २०८०

पोखरा: खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले आगामी वैशाख २२ र २३ गते माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए ।
उनका अनुसार माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीको बराह माविको खेल मैदानमा दुई दिन प्रतियोगिता सञ्चालन हुनेछ ।
सो प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेता टिमले १५ हजार र सान्त्वना स्थान हाँसिल गर्ने समूहले ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिल्डफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...