पौडी खेल्न फुस्रेखोला पुगेका रोनिश फर्किएनन्

पाेखरा | बैशाख १७, २०८०

पौडी खेल्न फुस्रेखोला पुगेका रोनिश फर्किएनन्

पोखरा:   पोखरा महानगरपालिका १७ पावसहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । 

 

कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ रहेका छन् ।

 

अन्य दुई साथीसहित पौडी खेल्न पुगेका गुरुङ शनिबार दिउँसो साढे ३ बजे डुबेर बेपत्ता भएको उद्धारमा खटिएको एक प्रहरी अधिकृतले बताए । 

‘हामीलाई मान्छे डुब्यो भनेर खबर पुग्ने बित्तिकै टोली घटनास्थलमा पुगेर खोजीगर्दा भित्र कुनामा डुबिरहेको अवस्थामा  फेला पारेका थियौ, ति प्रहरी अधिकृतले भने, ‘उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पछि डाक्टरले मृत घोषणा गर्नुभएछ ।’

 

बेपत्ता किशोरको उद्धार गर्न वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा १० सदस्यीय उद्धार टोली खटिएको थियो ।

 

यसअघि पनि फुस्रेखोलमा धेरैले ज्यान गुमाइसेका छन् । 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्