संसदमा पोखरा हङकङ बजारको मुद्धा उठाए रास्वपाका सांसद शिवले

पाेखरा | बैशाख १५, २०८०

संसदमा पोखरा हङकङ बजारको मुद्धा उठाए रास्वपाका सांसद शिवले

पोखरा:   राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद शिव नेपालीले पोखराको हङकङ बजारलाई ४ सय बढी कर बढाएर बोलपत्र आह्वान गरेको विरोधमा संसदमा आवाज उठाएका छन् ।  


प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले फुटपाथमा व्यापार गर्दै आएका व्यापारीले एक दशकदेखि व्यापार गर्दै आएको कम्पनीको जग्गामा ४ सय प्रतिशत कर बढाएर बोलपत्र आह्वान गरिएको भन्दै विरोध गरेका हुन् । 


‘पोखराको पृथ्वीचोकस्थित फुटपाथ व्यापारीलाई हङकङ बजार नामाकरण गरी एउटै छानामुनी व्यापार गर्दै गर्दा कृषि साम्रगी कम्पनीले ४ सय प्रतिशत कर वृद्धि गरेर बोलपत्र आह्वान गरेर व्यापारीहरुलाई आतङ्कीत बनाएको छ, यसको सरकारको ध्यान जाओस’ सांसद नेपालीले भने । 


उनले मूल्य वृद्धि भएको समयमा एउटै छानामुनी बजार सञ्चालन गरेका व्यवसायीहरुलाई आतङ्कीत बनाउने गरी आह्वान भएको बोलपत्रमा सरकारको ध्यानाकर्षण  गराएका हुन् । 


‘देशमा भएको अर्थतन्त्रको खस्कदो अवस्थाले देश आज चरममन्दीमा पुगेको छ, उनले भने ,‘मूल्यवृद्धि राज्यको बढ्दो कर, शिक्षा स्वास्थ्यको खर्चिलो र महङ्गीले गरिव तथा मध्यम वर्गीय परिवारले बाँच्न पाउने अधिकारमा प्रश्न चिह्न खडा भएको छ ।’ 


उनले गरिवका लागि सरकार कहिले गम्भिर हुने भनेर प्रश्न समेत गरेका छन् । 


उनले २२ अर्व खर्च गरेर निर्माण गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरेलीले पर्यटक कुरेर बसेरको भन्दै अन्र्तराष्ट्रिय उडानमा ध्यान दिन समेत आग्रह गरे । 


कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत कर बढाएर  बोलपत्र आह्वान गरेको भन्दै व्यवसायीले पोखरा महानगरपालिका र कृषि सामग्री प्रादेशिक कार्यालयमा दुईदिन सम्म धर्ना समेत दिएका छन् । 


उक्त जग्गामा एक दशकयता पोखरामा छरिएर रहेका फुटपाथ व्यवसायीहरुले ४ सय बढी सटरमा व्यापारव्यवसाय गर्दै आएका छन् । 

 

चितवन:   चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ।   ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो। ...

थप पढ्नुहोस्

तनहुँ:   जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।   तत्कालीन प्रधानमन्त्री श...

थप पढ्नुहोस्

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताउनुभएको छ ।   नारायणी नदीमाथि निर्माण हुने &ls...

थप पढ्नुहोस्