राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडाैं | बैशाख १२, २०८०

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख तस्बिर फाइल

काठमाडौं:    भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। 


राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको हो।  राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘एन्टिबायोटिकको उपयोगका कारण उहाँमा शारीरिकरुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको सूचना साथमा रहेका परिवारका सदस्यहरुबाट अवगत हुन आएको व्यहोरासमेत जानकारी गराइन्छ।’’


उहाँको एक सातादेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उहाँसँग सम्बन्धित केही परीक्षण भइसकेको र केही परीक्षण भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्