मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्षमा अधिकारी

पाेखरा | बैशाख ११, २०८०

मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्षमा अधिकारी

पोखरा:  मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित भएका छन् । 


पोखरामा सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यिय कमिटिको घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित अधिकारी सहारा क्लव पोखराका महासचिव समेत हुन् । उनी लामो समय देखि खेलकुद लगायत सामाजिक क्षेत्रमा कृयाशिल छन् । 


त्यसै गरी कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय, सहसचिवमा शेरकाजी गुरुङ, कोषाध्यक्षमा विजय भुजेल र कार्यसमितिको सदस्यमा कन्चन थापा  गणेश भण्डारी, हरि जि.सी, बुद्घि खनाल, जितु शाही, लेखनाथ लम्साल, टंक पौडेल, बुद्घ सिंह, रमेश भण्डारी, प्रविण रानाभाट, प्रेम बहादुर भुजेल, बेल बहादुर गुरुङ, सुन्दर श्रेष्ठ, कुशल राना, फणिन्द्र तिमिल्सिना, विशाल खड्का र महेन्द्र अधिकारी रहेका छन् । 


भेलाले माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा अनिल गुरुङसहित ११ सदस्यिय कमिटि र रुपा गाउँ पालिकाका् अध्यक्षमा सुन्दर श्रेष्ठसहित ९ सदस्यिय कमिटको घोषणा गरेको छ । 


भेलालालाई सम्वोधन गर्दै एकेडेमीका अध्यक्ष धु्रव आचार्यले नेपाली खेलकुदको जगलाई बलियो बनाउने काममा एकेडेमी अघि बढेको बताए । जननेता मदन भण्डारीको विचारले नै खेलकुदलाई अग्रगति दिने बताउँदै उनले भने–“एकेडेमी मदन भण्डारीको विचारमा उभिएको छ । यो उहाँको विचार र अभियान संग जोडिएको मात्रै छैन हजारौं खेलाडी र खेलप्रेमीहरुको भावना संग समेत यसको सामिप्यता छ ।” 


खेलाडीहरुको सम्वन्धमा एकेडेमी गम्भिर रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले खेलाडीको खेल जिवन पश्चात जिवन निर्वाहका लागि रोजगार संग जोड्न एकेडेमीले आफ्ना कार्यक्रमहरु अघि सार्ने बताउँदै उनले खेलकुद मनोरन्जनका लागि मात्रै नभई रोजगार, समृद्धि र पर्यटनसमेत जोडिएको बताए । 


लुम्विनीमा सम्पन्न दोश्रो राष्ट्रिय भेलामा ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको जनाउँदै अध्यक्ष आचार्यले खेलकुदलाई अग्रगति दिन संगठनको विस्तारलाई समेत तिव्रता दिएको बताए । उनले हालै एकेडेमीले प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने गरी घोषणा गरेको बताउँदै आगामी असारमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने गरी तयारी सुरु गरिने बताए । पोखरामा यहि बैशाख २३ गते बाट सुरु हुने केपी ओली कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता भव्य बनाउन उनले पोखरेलीहरुलाई साथ दिन आग्रह समेत गरे । 


कार्यक्रममा आफ्ना भनाई राख्दै कास्की क्षेत्र नं ३ का संघिय सांसद दामोदर बैरागी पौडेलले एकेडेमी खेलकुद विकासका लागि महत्वपूर्ण संस्था रहेको जनाउँदै एकेडेमीका कृयाकलापमा आफ्नो साथ रहने बताए । 


एकेडेमीका गण्डकी प्रदेश इन्चार्ज तथा उपाध्यक्ष राजेश कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश पूर्व सांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मी, एकेडेमीका उपाध्यक्षद्वय तेज विक्रम बस्नेत, तुल्सी मैनाली र केन्द्रिय सचिवालय सदस्य कृष्ण तिमिल्सिना, नवनिर्वाचित कास्कीका अध्यक्ष रामजी प्रसाद अधिकारीलगायतले आफ्ना भनाई राखेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ।   बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्ज...

थप पढ्नुहोस्

काठमाडौँ:  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।    महासंघका अनुसार शु...

थप पढ्नुहोस्

पोखरा:   विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।  &nb...

थप पढ्नुहोस्