'ए' डिभिजन लिगमा खुमलटार र मनाङ मर्स्याङ्दी भिड्दै

काठमाडाैं | बैशाख ९, २०८०

'ए' डिभिजन लिगमा खुमलटार र मनाङ मर्स्याङ्दी भिड्दै

काठमाडौं:   सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछ।

 

लिगको ११ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछ ।  जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

खुमलटार र मनाङको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 

खुमलटार आज चौंथो जितको योजनामा हुनेछ । खुमलटार १० खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ । मनाङ पाँचौं जितको खोजीमा हुनेछ । मनाङ १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 

रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । जावलाखेल र चर्च ब्वाइजबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

 

शीर्ष स्थानको जावलाखेल सातौं जितको खोजीमा हुनेछ । जावलाखेल १० खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च ब्वाइज पाँचौं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै च्यासलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मछिन्द्र र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मछिन्द्र चौंथो जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र १० खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

 

फ्रेन्ड्स पनि चौंथो जित निकाल्न चाहन्छ । फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्