पोखरा १५ का ६१ मजदुरलाई स्वास्थ्य बीमा

पाेखरा | बैशाख ७, २०८०

पोखरा १५ का ६१ मजदुरलाई स्वास्थ्य बीमा

पोखरा:    पोखरा महानगरपालिका वडा नम्बर १५ र पोखरा कम्युनिटी सेण्टरको संयुक्त सहयोगमा पोखरा–१५ का विपन्न मजदुरहरुलाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।

 

बिहीबार आयोजित एक कार्यक्रमकाबीच त्यहाँका ६१ मजदुर र उनीहरुको परिवारलाई स्वास्थ्य बीमाकार्ड वितरण गरिएको हो । यो मध्ये ३६ जनाको वडाले तथा २५ जनाको कम्युनिटी सेण्टरले बीमा गराएको हो ।

 

मजदुरहरुलाई बिमा कार्ड वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले पछिल्लो समय स्वास्थ्य सेवा महंगो हुँदै गएको अवस्थामा स्वास्थ्य बिमाको महत्व झनै बढ्दै गएको बताए ।

 

कार्यक्रममा सहयोगी संस्था पोखरा कम्युनिटी सेण्टरका निर्देशकद्वय पार्क र जोन तथा व्यवस्थापक निर्मला भण्डारीले पनि मजदुरहरुलाई बीमा कार्ड वितरण गरेका थिए । स्वास्थ्य बीमाकर्ता पवित्रा पौडेलले बीमा सेवाको बारेमा जानकारी गराएकी थिइन् ।

 

कार्ड प्राप्त गरेकाहरुले एक वर्ष सम्म विभिन्न १ हजार १ सय ३७ प्रकारका औषधी निःशुल्क रुपमा प्राप्त गर्ने उनले जनाइन् ।

 

कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा १५ का प्रमुख कृष्ण बाँस्तोलाले केन्द्रले दिएको सेवा तथा हाल सञ्चालन भइरहेको खोप र भिटामिन कार्यक्रमका बारेमा अवगत गराए । त्यस्तै वडा सदस्य आशिष भण्डारीले केहि दिन यता छिमेकी मुलुकहरुमा कोभिडको संक्रमण बढ्दै गएकोमा सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।  

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्