मेयर साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

धरान | बैशाख ७, २०८०

मेयर साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

धरान:  सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजीनामा मागेका छन् । बिहीबार एक विज्ञप्तिमार्फत मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।

 

वडाध्यक्षहरूले पटकपटक कार्यापालिका बैठक बहिष्कार गरेपछि आफू राजीनामा माग्न बाध्य भएको मेयर साम्पाङको भनाइ छ ।

 

"कसैले 'म बैठक बस्दिनँ' भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ," उनले भनेका छन् ।

 

मेयर साम्पाङले वडाध्यक्षहरूलाई आफूले गरेका काम कारबाही तुरुन्तै सार्वजनिक गर्न पनि निर्देशन दिएका छन् ।

 

"वडाहरूमा के कस्ता योजना तथा कार्यक्रमहरू सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहनपर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकोले वडाहरूमा के कस्ता, के कति काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्तिमार्फत निर्देशन दिन्छु," उनले भनेका छन् ।

 

यसअघि उनले गएको पुस १ मा पनि वडाध्यक्षहरू राजीनामा मागेका थिए ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्