शैक्षिक सत्र सुरुवातसँगै ५९ जिल्लामा पाठ्यपुस्तक, १८ जिल्लामा वैशाख १० भित्र पुस्तक प¥याउने लक्ष्य

काठमाडाैं | बैशाख ५, २०८०

शैक्षिक सत्र सुरुवातसँगै ५९ जिल्लामा पाठ्यपुस्तक, १८ जिल्लामा वैशाख १० भित्र पुस्तक प¥याउने लक्ष्य तस्बिर फाइल

काठमाडौं:   नयाँ शैक्षिक सत्र शुरुवात हुँदै गर्दा देशका ५९ जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । बाँकी रहेका १८ जिल्लामा पनि वैशाख १० गतेभित्र पुस्तक पुर्‍याइने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।


विगत वर्षमा शैक्षिक सत्र शुरु भएको महिनौ दिनसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या रहेकोमा यो सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने भएको छ ।


विद्यार्थीहरुका लागि पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस ५ गतेदेखि २४ सै घन्टा पुस्तक छाप्ने काम गरेका कारण शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै पर्याप्त मात्रामा पुस्तकहरु उत्पादन भएका हुन् ।


जनक शिक्षाले मात्रै यस वर्षका लागि १ करोड ५० लाख भन्दा धेरै वटा पुस्तक छापेको छ । सामुदायिक विद्यालयका लागि ६ देखि १० कक्षासम्मका पुस्तक जनक शिक्षाले छापेको छ ।


सबै निजी तथा संस्थागत विद्यालयमा पढाइ हुने अंग्रेजी, नेपाली र सामाजिक शिक्षा विषयका पुस्तक पनि जनक शिक्षाले नै छापेको छ । छापिएका पुस्तकहरु वितरण गर्दा दुर्गम हिमाली जिल्ला र पहाडी जिल्लालाई पहिलो प्राथमिकता दिइएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताउनुभयो ।


अहिलेसम्ममा कर्णाली अंचलका सबै र केही पहाडी र तराइका जिल्लाहरु समेत गरेर ५९ जिल्लामा आवश्यक जति सबै पाठ्यपुस्तक पुर्‍याइएको प्रबन्ध निर्देशक झाले जानकारी दिनुभयो ।


सामुदायिक विद्यालयका लागि चाहिने १ देखि ५ कक्षासम्मका करिब १ करोड १३ लाख वटा पुस्तक निजी क्षेत्रका छापाखानाहरुले छापेर सम्बन्धित जिल्लाहरुमा पुर्‍याइसकेको पाठ्यक्रम विकास केन्द्रकामहानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो ।


केन्द्रका अनुसार अब सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी लगाएत १८ वटा जिल्लामा पुस्तक पुर्‍याउन बाँकी रहेको छ । ती जिल्लाहरुका लागि आवश्यक पर्ने सबै पुस्तक छापिइसकेको र वैशाख १० गतेभित्रै पुर्‍याइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।


यसैबीच पाठ्यपुस्तक छपाइ तथा ढुवानीको निरन्तर अनुगमन गरी सहजीकरण गरिरहेको प्रधानमन्त्रीको सचिवालयको टोलीले सोमबार पनि स्थलगत अनुगमन गरेको छ ।


प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्ट र आइटी विज्ञ प्रकाश रायमाझीले स्थलगत अनुगमन गरी पाठ्यपुस्तक छपाइ तथा ढुवानीका लागि प्रधानमन्त्री कार्यालयको केही सहयोग चाहिएमा आफूहरुलाई जानकारी गराउन जनक शिक्षाका अधिकारीहरुलाई आग्रह गर्नुभयो ।


विगत वर्षमा शैक्षिक सत्र शुरु भएको महिनौ दिन बितिसक्दा पनि पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकोमा अब त्यस्तो हुन नदिइने प्रधानमन्त्री स्वकीय सहसचिव भट्टले बताउनुभयो ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्