टाइगर कपमा १६ लाख बढीको टिकट बिक्री, ५ लाख बढी रकम बचत

पोखरालाई खेलकुदको गन्तव्य बनाऔं: प्रदेशसभा सदस्य बराल

पाेखरा | चैत २९, २०७९

टाइगर कपमा १६ लाख बढीको टिकट बिक्री, ५ लाख बढी रकम बचत

पोखरा:  गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरालाई खेलकुदको राजधानी नभएर खेलकुदको आर्कषक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । 


तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्न टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


‘हामी अहिले खेलकुदको राजधानी खोजिरहेको छौं, जहाँ आर्कषक गन्तव्य बन्छ त्यो राजधानी हो, सांसद बरालले भने, ‘पोखरा एकसमय राष्ट्रिय खेलाडीको जग नै थियो, अहिले विस्तारै हराउँदै गएको छ यसमा सबैको ध्यान पु¥याउँदै खेलाडी उत्पादनमा ध्यान दिन आवश्यक छ ।’


उनले खेलकुद क्षेत्रको पूर्वाधार विकास गर्ने जिम्मा राज्यको भएको भन्दै विभिन्न प्रतियोगिता सञ्चालन र खेलाडी उत्पादनमा क्लब र विभिन्न संघसंस्थाले त्यसमा सहयोग गर्नुपर्नेमा बताए । 


टाइगर कपमा १६ लाख बढीको टिकट बिक्री, ५ लाख बढी रकम बचत


टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैया आम्दानी भएको छ । 


पोखरामा माघ ८ देखि १४ गतेसम्म सञ्चालन भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी हुँदा ८५ लाख १५ हजार १ सय १४ रुपैया खर्च भएको टाइगर ग्रुप अफ नेपालका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । 


उनका अनुसार टिकट प्रवेश शुल्कबाट १६लाख ७५ हजार ५ सय, सुश्री मिडिया प्रालिबाट १४ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ८ लाख पोखरा महानगरपालिकाबाट ७ लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख र विभिन्न संघसंस्था, व्यक्तिबाट ३९ लाख ४१ हजार ५सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको टाइगर ग्रुप अफ नेपालले जनाएको छ । 


त्यस्तै खर्च तर्फ पुरस्कार तथा प्रोत्साहनमा १९ लाख ३० हजार, सहभागी टिमको यातायात र आवासमा १३ लाख २० हजार, विदेशी टिम खर्च ७ लाख ६६ हजार ९ सय, खेलाडीहरुको पोशाक तथा सोभिनियर ट्याक सुट खर्च १ लाख २४ हजार ९ सय, रेफ्रि अफिसियल र जुरी खर्च ६ लाख ३९ हजार ६ सय ७०, समारोह व्यवस्थापन खर्च ४ लाख २७ हजार ८ सय ७०, कार्यालय व्यवस्थापन खर्च २ लाख ६३ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको अध्यक्ष शर्माले बताए ।


त्यस्तै प्याराफिट,मञ्च टेन्ट र साउण्ड सिस्टम खर्च १३ लाख ३१ हजार ९ सय ४२, प्रवद्र्धन प्रचार र विज्ञापन खर्च ५ लाख ४७ हजार ५ सय, अतिथि सत्कार खर्च १ लाख ५० हजार, खेल मैदान खर्च २ लाख २२ हजार १ सय ५६, स्वंयमसेवक खर्च १ लाख ४९ हजार ८ सय २५, मसलन्द तथा स्टेशनी खर्च ८८ हजार ९ सय ३३, टफि मेडल तथा प्रमाणपत्र खर्च ३ लाख ९८ हजार ३ सय ३५, सचिवालय खर्च ८५ हजार र औषधी तथा खानेपानी खर्च ६८ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको टाइगर ग्रुप नेपालका कोषाध्यक्ष श्रेष्ठले बताए । 


पोखरामा सम्पन्न भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका थिए । 


यस्तै प्रतियोगितामा महिलातर्फ नेपाल एपिएफ क्लब, होङ्गाजी न्यू डायमण्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो । 


यस्तै पुरुषतर्फ नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एसटि जोसेफ वाड स्पोर्टस क्लब श्रीलंकाको टोलिकोे सहभागिता रहेको थियो ।

पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् ।   दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको...

थप पढ्नुहोस्

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ ।    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता वि...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ ।   लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध स...

थप पढ्नुहोस्