तोलामै १ हजार रूपैयाँ बढ्यो सुन

काठमाडाैं | चैत २९, २०७९

तोलामै १ हजार रूपैयाँ बढ्यो सुन

काठमाडौं:  बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।

 

गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

 

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्