राजश्व हिनामिना आरोपमा मालपोत कार्यालयका प्रमुखसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडाैं | चैत २८, २०७९
काठमाडौं : मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ४ जनाविरूद्ध भ्रष्टाचार कसूरमा आरोपपत्र दायर गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्काली कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल,गमबहादुर विश्वकर्मा,नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध ९३ लाख ६६ हजार २०९ रुपैयाँ भ्रष्टाचार कसूरमा मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
आर्थिक वर्ष २०७२/०७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखितबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम सजाय माग गर्दै आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनका अनुसार जग्गा किनबेचका क्रममा रकम हिनामिना गरेको उजुरी निवदेनका आधारमा अनुसन्धान गर्दा उनीहरू भ्रष्टाचारजन्य कसूरमा संलग्न रहेको पाइएको हो।
उनीहरूबिरुद्ध हिनामिना रकमको दोब्बर रकम बीगोसहित सजाय माग गरिएको छ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

