अर्थतन्त्रको चुनौतीलाई अवसरमा बदल्छौँ-प्रधानमन्त्री दाहाल
काठमाडाैं | चैत २८, २०७९

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको चुनौतीलाई अवसरमा बदल्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
दोस्रो पटक प्रधानमन्त्री हुँदा राजनीतिक चुनौती रहेकोले राष्ट्रिय एकता कायम गर्नुपर्ने उनले बताए।
त्यतिबेला, आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म भए पनि अहिले धेरै चुनौती रहेको उल्लेख गरे।
'अहिले परिस्थिति जटिल छ, भूकम्प, कोभिड, रुस–युक्रेन युद्धको कारण अर्थतन्त्र निकै समस्यामा छ' उनले भने 'यो चुनौतीको सामान गर्ने बेला हो।'
निजी क्षेत्रको साथ बिना यो चुनौती सामाना गर्न सकिँदैन भन्ने लागेर त्यही अनुसार काम भएको उनको भनाइ छ।
प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र राष्ट्र बैंक बीच अर्थतन्त्रलाई गति दिने गरी निजी क्षेत्रका समस्या समधान गर्न समन्वयन भएको प्रधानमन्त्रीले धारणा राखे।
'तीन खम्बे अर्थतन्त्र कार्यान्वयनमा चुनौती देखिएको छ' उनले भने 'व्यवसाय सञ्चालनमा आउने वाधा व्यवधानमा सरकारले सहजीकरण गर्नेछ।'
कृषि क्षेत्रलाई प्रोत्साहन गर्दा अहिले देखिएको समस्या समधान हुने समेत उनले तर्क गरे।
यो वर्षको नीति तथा कार्यक्रममा केही ठूला र गुणात्मक परिवर्तन दिने कार्यक्रम ल्याउने उनले बताए।
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...
दैलेख: भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...