नवलपुरलाई कुरिलो ‘हब’ बनाइँदै

काठमाडाैं | चैत २८, २०७९

नवलपुरलाई कुरिलो ‘हब’ बनाइँदै

कावासोती: पूर्वी नवलपरासीको मध्यबिन्दु–३, ब्रह्मस्थानका पदम मोक्तानले व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको छ। उहाँलाई यतिखेर कुरिलो मुठा पारेर बेच्न भ्याइनभ्याइ छ।  पछिल्लो समय नवलपुरलाई कुरिलो खेतीको हब बनाउने सोचमा मोक्तान लागिपर्नुभएको छ। कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रतिको आकर्षण बढेको हो। 

 

आम्दानीको हिसाबले राम्रो हुने कुरिलो खेतीका लागि मेहनत पनि उत्तिकै गर्नुपर्छ। कम लगानीमा बढी फाइदा लिन सकिने कुरिलो प्रतिकेजी पाँचदेखि छ सय रुपियाँसम्ममा बिक्री हुने गर्छ।  उहाँले भने चार सय रुपियाँमा बिक्री गर्दै आउनुभएको छ। कुरिलो खेतीको महत्त्व र फाइदा बुझेपछि नवलपुर जिल्लाको स्थानीय बजारमा मात्र नभएर कुरिलोको माग काठमाडौँ तथा बुटवल सहरी क्षेत्रमा बढी रहेको उहाँ बताउनुहुन्छ। 

 

“स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ,” उहाँले भन्नुभयो, “माग धेरै आउन थालेको छ। धान्नै गाह्रो भइसकेको छ,” नवलपुरको मध्यबिन्दु–३, ब्रह्मस्थानमा करिब डेढ बिघा जमिनमा दुई वर्षयता कुरिलो खेती गरिँदै आएको छ।  सुरुमा थोरै जमिनमा कुरिलो खेती गर्नुभएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागिपरेको बताउनुभयो। बिरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषक मोक्तानको भनाइ छ। 

 

लोटस कृषि तथा पशु फार्म सञ्चालन गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले कुरिलो खेतीबाट आयुर्वेदिक फाइदा र महत्त्व बुझाउँदै दैनिक नौ जनालाई रोजगारी दिन सफल हुनुभएको छ। यसरी आफ्नै गाउँठाउँमा रोजगार पाउँदा यहाँका स्थानीयवासी पनि खुसी देखिन्छन्। आफ्नो जीविकोपार्जनको बाटो खुलेको उनीहरू बताउँछन्। कुरिलो खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको छ। यसको फाइदा र बजार पनि राम्रो भएकाले कुरिलो खेतीलाई प्रोत्साहन गर्ने गरी कुरिलो खेती विस्तारमा लागेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकृत शङ्कर पौडेलले बताउनुभयो।

   

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

थप पढ्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ।   निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...

थप पढ्नुहोस्

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्