हतियार देखाएर हिँडेको भिडिओ बाहिरिएपछि चक्रे मिलनका 'बडीगार्ड' पक्राउ
काठमाडाैं | चैत २८, २०७९

काठमाडौं: नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको भिडिओ बाहिरिएको थियो।
तीमध्ये बोगटीले बन्दुक बोकेका थिए। त्यसरी बन्दुक बोकेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
एसपी राठौरका अनुसार उक्त बन्दुक बोगटीकै नाममा लाइसेन्स छ। तर त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न नमिल्ने पनि उनले बताए।
‘प्रारम्भिक रूपमा हेर्दा लाइसेन्स लिएको देखिन्छ। तैपनि त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न मिल्दैन। उक्त खबर पाएपछि टोली पठाएर पक्राउ गरी ल्याएका हौं,’ उनले भने।
उनका अनुसार भिडिओ आइतबारको थियो।
बोगटीमाथि कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको एसपी राठौरले बताए।
बोगटीमाथि हातहतियार तथा खरखजना मुद्दामा वा अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको उनले बताए।
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...
पोखरा: नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ भदौ ८ देखि १० गतेसम्म हुने भएको छ । संस्थाको २९ औं...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...