नेप्सेमा २८ अंकको गिरावट, १ अर्ब १५ करोडको सेयर कारोबार

काठमाडाैं | चैत २६, २०७९

नेप्सेमा २८ अंकको गिरावट, १ अर्ब १५ करोडको सेयर कारोबार

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक  दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा पुगेको छ।

 

आज २६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर  १ अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भयो।  आज सबै उपसमूहको उपसूचक राताम्मे देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा उपसमूह १७९ दशमलव ९४ र निर्जीवन बीमा समूह १५३ दशमलव ३६ अंकले घटेको छ । 

 

 बैंकिङ समूह १५.११,विकास बैंक समूह ६१ .५२,वित्त समूह २७.७३, होटल तथा पर्यटन समूह ४३.०४ र जलविद्युत् समूह ५७ .९० अङ्कले घटेको छ । त्यस्तै लगानी समूह  ०.६६,उत्पादन तथा प्रशोधन समूह ४९. ८१, लघुवित्त ४४. ३५,म्युचुअल फन्ड ०.१०,अन्य समूहको १७.३ र व्यापार समूहको २७.३३ अङ्कले घटेको हो ।

 

आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को सेयरमूल्य ७ .७५ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको ५ करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट  लिमिटेडको ५ करोड ७८ लाख ३७ हजार बराबरको सेयर कारोबार भयो ।

 

कारोबार भएको सेयर सङ्ख्याका आधारमा भने ग्लोबल बैंक लिमिटेडको प्रमोटर सेयर २ लाख २३ हजार चार सय ३७ कित्ता खरिद बिक्री भएको छ। 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्