‘डेस्टिनेशन कोरी !’ कति लाग्छ समय र खर्च ? (फोटो कथा)

पाेखरा | चैत २६, २०७९

‘डेस्टिनेशन कोरी !’ कति लाग्छ समय र खर्च ?   (फोटो कथा) तस्बिर: माइला दाई

पोखरा:  कास्कीका केही पदमार्गहरु यतिबेला ट्रेण्डिङमा छन् ।

 

पोखरादेखि कम समयमा हिउँ खेल्न र शाहसिक पदयात्रामा रम्न चाहनेहरुका लागि पदमार्गहरु औलामा गन्न सकिने छन् । घोरेपानी, पुनहिल, खुमैडाँडा, मर्दी, कोरी तथा अन्नपूर्ण आधार शिविर कास्कीका मुख्य पदमार्गहरु हुन् ।

 

अहिले सामाजिक सञ्जालमा देखिएको लोकप्रियताका आधारमा खुमैडाँडा –कोर्चाङ पदमार्ग (ट्रेक) सबैभन्दा अघि देखिएको छ । यससँगै मर्दी पदमार्ग र मादी गाउँपालिकाको कोरी पदमार्गमा कैद गरिएका तस्बिरहरु सामाजिक सञ्जालमा व्यापक देखिएका छन् । जहाँबाट माछापुच्छ्रे लगायतका धेरै हिमश्रृङ्खलालाई नजिकैबाट मन अघाउन्जेल नियाल्न सकिन्छ ।

 

कुनैबेला मर्दीपदमार्ग लोकप्रिय थियो, यो वर्ष खुमैडाँडाले उछिनेको छ । यिनीहरुको लोकप्रियतालाई कोरी ट्रेकले पछ्याइरहेको छ । कोरीको प्रवद्र्धनका लागि सरकारी नियायको खासै भूमिका छैन । स्थानीय पर्यटन व्यवसायीको पहलकदमीले कोरी पदमार्गले केही स्थान पाएको छ ।

 

यद्यपी अन्य पदमार्गहरुको तुलनामा कोरी पदमार्ग होटलहरुको व्यवस्था कम छ । 

 

समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरीबाट माछापुच्छ्रे , अन्नपूर्ण, लम्जुङ तथा गणेश हिमाल लगायत हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिन्छ । साथै सदावहार हिउँले ढाकिने कोरीमा स्केटिङसमेत खेल्न सकिन्छ । 

 

कसरी जाने कोरी ?

 

कोरी जान पोखरादेखि सिक्लेससम्म सवारी साधनमा जान सकिन्छ । बिहान ६ बजेनै पोखराबाट सवारी साधनमा हिडेपनि दिउँसो सिक्लेस पुगिन्छ ।

 

त्यसपछि खाना खाएपछि पैदल यात्रा सुरु हुन्छ । त्यो रात हुँगुमा बिताइन्छ । जहाँ ३ वटा होटल छन् ।

 

अर्काे दिन बिहानै उठेर कपुचे डेढ घण्टाको यात्रामा कपुचे ताल पुगिन्छ । त्यपछि फेरि हुँगुमै फिर्ता हुनुपर्छ । यदि कपुचे ताल जान चाहेको खण्डमा । त्यसपछि कोरीतर्फ अघि बढिन्छ । त्यो रात न्होटामा बिताइन्छ । र बिहान त्यहाँबाट उकालो लागेपछि कोरी पुगिन्छ । जहाँ ३ वटा होटल छन् ।

 

कोरीको त्यो बसाइपछि अर्काे पदमार्ग हुदै सिधै सिक्लेस फिर्ता हुन सकिन्छ । 

 

कति लाग्छ खर्च ?

 

स्थानीय पर्यटन व्यवासायी तथा नमस्ते गेष्ट हाउसका सञ्चालक धन बहादुर गुरुङ (माइला) का अनुसार कोरी जान ४ दिन समय लाग्छ ।

 

त्यसका पदमार्गीको समुहका आधारमा खर्च लाग्ने उनले बताए । ‘गेष्टको गु्रप हेरेर कति खर्च लाग्छ भन्ने हुन्छ, पर्यटन व्यवसायी गुरुङले भने, ‘सामान्य खर्च गर्ने हो भने ७/८ हजारले कोरी जान सकिन्छ ।’

 

उनले कोरी जानका लागि ट्रेकिङ गाइडको अपरिहार्यता रहने बताए ।  ‘कोरी जानका लागि गाइड लानैपर्छ । किनभने अन्य ट्रेकिङ लाइनमा जस्तै सबैको व्यवस्था छैन’ गुरुङले भने  ।

 

तस्बिरहरू:-

 

 

 

 

 

 

 

 

 

तस्बिर: माइला दाई (नमस्ते गेष्ट हाउस सिक्लेस)

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्

रूपन्देही:   जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ...

थप पढ्नुहोस्