नेवा मिसा पुच: कास्कीमा नयाँ कार्यसमिति चयन

पाेखरा | चैत २६, २०७९

नेवा मिसा पुच: कास्कीमा नयाँ कार्यसमिति चयन

पोखरा:   नेवा मिसा पुचः कास्कीमा नयाँ कार्यसमिति चयन भएको छ । नेवा मिसाः पुचः कास्कीको शनिवार भएको चौँथो अधिवेशनले संगीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।


अधिवेशनले प्रथम उपाध्यक्षमा शक्ति प्रधानाङ्गलाई चयन गरेको छ । त्यस्तै दित्तीय उपाध्यक्ष रेवीका श्रेष्ठ, महासचिव किरण विजुक्छे, उपमहासचिवमा रजनी श्रेष्ठ तथा कार्यसमिति सदस्यहरुमा अन्जु बाटाजु, सविना विजुक्छे, कमला श्रेष्ठ, मिना प्रधान सरस्वती श्रेष्ठ, मिरा श्रेष्ठ, सगीता श्रेष्ठ, शान्ता श्रेष्ठ र भवानी माकाजु चयन हुनुभएको छ । यस्तै आमन्त्रित सदस्यहरुमा भावना श्रेष्ट, युगेन पालीखे, शान्ती श्रेष्ठ, इन्द्रा श्रेष्ठ, पविता श्रेष्ठ,बिष्णु श्रेष्ठ , निर्मला श्रेष्ठ, शमीला प्रधानाङ्ग ,शोभा श्रेष्ठ , रेष्मा श्रेष्ठ, सिता देवांजु, सविता श्रेष्ठ र शर्मिला श्रेष्ठ रहनुभएको छ ।  


नेवा मिसा पुचः कास्कीको नवौँ साधारणसभा तथा चौँथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद विद्या भट्टराईले नेवा मिसा पुचःले नेवा संस्कृति जगेर्ना राख्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ । एमाले सांसद भट्टराईले नेवा मिसा पुचः कास्कीले महिला सशक्तिकरण गर्नमा समेत महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । महिला सशक्तिकरणको बारेमा बोल्दै उहाँले अझैपनि महिलाहरुमा सिप क्षमता र दक्षता भएर पनि उद्यमशिल बन्न निकै समस्या भोग्नुपर्ने अवस्था रहेको बताउनुभयो । 


कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय अझैपनि अगाडी बढ्न हिचकिचाउने गरेको बताउदै नेवार समुदायका मानिसहरु खाली अरुलाई अगाडी सार्ने र भ¥याङ मात्र बनेको बताउनुभयो । साथै उहाँले आगामी स्थानीय तह निर्वाचनमा कास्कीका सबै पालिकाहरुमा सके अध्यक्ष र कम्तिमा पनि वडा सदस्यमा भएपनि नेवारी महिलाहरुले उम्मेदवारी दिनुपर्ने र यसमा नेवा खल कास्की र नेवा मिसा पुचःले आवश्यक सहयोग गर्ने बताउनुभयो ।  


नेवा मिसा पुचको चौँथो अधिवेशन सँगै अध्यक्ष मेनुका श्रेष्ठको कार्यकाल सकिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेवारी सस्कार संस्कृति र नेवारी महिलाहरुको शसक्तिकरण गर्नमा सक्दो कोशिस गरेको बताउनुभयो । साथै उहाँले आफ्नो कार्यकाल सफल भएको दावी समेत गर्नुभयो । आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै निवर्तमान अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि कास्कीमा रहेका विभिन्न सरकारी निकायले नेवा मिसा पुचः कास्कीलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।  
 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्