पोखरा‘फेसन डिजाइनर कन्टेष्ट तथा फेसन शो’को तयारी पूरा

फेसन शोमा नायक अनुप बिक्रम शाही सहभागी हुने

पाेखरा | चैत २५, २०७९

पोखरा‘फेसन डिजाइनर कन्टेष्ट तथा फेसन शो’को तयारी पूरा

पोखरा:    नयाँ बर्षको अबसर पारेर पोखरामा हुने फेसन डिजाइनर कन्टेष्ट तथा फेसन शो कार्यक्रमको तयारी पूरा भएको छ।


 वाऊ इभेन्ट्सको आयोजना एवम् वाऊ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा चैत्र ३० गते हुने कन्टेष्ट तथा फेसन शो कार्यक्रमको तयारी पुरा भएको संयोजक रबिन गरुङले जानकारी दिए।


फेसन शो कार्यक्रममा चर्चित कलाकार तथा नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल आना शर्मा र फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धरले पनि सहभागी जनाउने वाऊ फेसन स्कुलकी सञ्चालक तारा गुरुङले बताइन।


फेसन प्रति लगाव हुनेहरुको प्रतिभा प्रष्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको  वाऊ फेसन स्कुलको सञ्चालक समते रहेका गुरुङले बताए। उनका अनुसार फेसन शो कार्यक्रम समाजमा समस्यामा परेका आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सहयोग पुग्ने उदेश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम पश्चात् वाउ स्कुलले १० जना महिलालाई निशुल्क फेसन डिजाइन अध्यन गराउने पनि गरुङले बताए ।

 

फरक खालको थिममा पोखरामा नै पहिलोपटक हुन् लागेको फेसन सो कार्यक्रममा फेसन डिजाइनमा अध्यनरत डिजाइनरहरु काठमाडौं, पोखरा, धरान, इटहरी, बाग्लुङ लगायतबाट ९० जना फेसन बिधार्थी बीच डिजाइनर प्रधिस्पर्धा हुनेछ।


फेसन सो कार्यक्रममा डिजाइनर प्रतियोगिता बिधामास् डिजाइनर अफ द इयर पोखरा, काठमाडौं, धरान, इटहरी, बाग्लुङ लगायतको बिधामा अवार्ड प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए ।


कार्यक्रममा शोको विभिन्न कन्सेप्ट अनुसार फ्ल्यास ब्याग, फ्युचर स्ट्रिक, बाइडल, स्पिरिङ्ग, समर र एथोनिक थिममा १८ जना मोडलहरुलाई प्रस्तुत गरिने फेसन शो कार्यक्रमका कोरियोग्राफर जयन्ती मोक्तानले जानकारी गराइन।


यस्ता खालका फेसन शोले मोडल एवम् डिजाइनरको बिकासलाई पनि सहयोग पुग्ने र भोलीका दिनमा उनीहरुलाई अगाडी बढ्न आत्मविश्वासमा सकारात्मक भुमिका खेल्ने भएकाले आफुहरुले कार्यक्रमको आयोजना गरेको मोक्तानले बताइन् ।

काठमाडौं:   निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दल...

थप पढ्नुहोस्

काठमाडौं:  सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल...

थप पढ्नुहोस्

पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

थप पढ्नुहोस्