बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते
बैतडी | चैत २०, २०७९
बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका–५ तिलकपुरस्थित भिटा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा सोही ठाउँमा ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पञ्चेश्वरबाट देहीमाडौं जाँदै गरेको से १ ज २९५ नम्बरको जिप ब्रेक फेल हुँदा सडकबाट करिब ६० मिटर तल खसेको थियो।
सो जिपमा चालकसहित १५ जना सवार थिए।
घाइते १४ जनामध्ये कुन्ती भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
उनका अनुसार गम्भीर घाइतेको थप उपचारका लागि जिल्ला अस्पतालबाट रेिफर गर्ने काम भइरहेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

