चितवन-२ मा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता
काठमाडाैं | चैत २०, २०७९
चितवन: चितवन-२ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्। उनी एमाले चितवनका अध्यक्ष हुन्।
उनले पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनका लागि उनले चितवन-३ बाट उम्मेदवारी दर्ता गरेका थिए। तर अन्तिम समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर उनको उम्मेदवारी फिर्ता लिएका थिए। एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्यो। तर उनी पराजित भए।
गत निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार थिए। उनी १४६४७ भोट ल्याएर तेस्रो भए। पोखरेल २०७० र २०७४ सालमा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा नेकपा एमालेको सबैभन्दा बढी थियो।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

