लागुऔषधसहित ३ जना पक्राउ

कास्की | जेठ २७, २०७९

लागुऔषधसहित ३ जना पक्राउ

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा  जिल्ला स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्ष २५ को बिराज हमाल, पुतलीबाजार नगरपालिका ४ बस्ने वर्ष २६ को देवान्स थापा र आँधिखोला गाउँपालिका ३ बस्ने २० वर्षिय मनीष पौडेल रहेका छन् ।

 

कास्की प्रहरीका अनुसार उनीहरुलाई गत २५ गते करिब साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पोखरा ९ नागढुंगाबाट लागुऔषधसहित पक्राउ गरिएको हो ।

 

उनीहरुको साथबाट ७० एम्पुल डाईजापाम,१२० एम्पुल फेनेरागन, ९५ एम्पुल नुर्फिन गरी कुल २८५ एम्पुल लागुऔषध र ४ थान मोबाइल बरामत गरेको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए । 

 

उनका अनुसार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुरमा ७ दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएकोे छ ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्